logo
२०८१ बैशाख ७ शुक्रवार

हिमालपारिको गाउँमा सेवाग्राहीले पाए घरमै सामाजिक सुरक्षा भत्ता (फोटो फिचर)

प्रदेश |
फोटो फिचर |


2021-08-02-43474


राजन रावत
हुम्ला, साउन १८ गते । चार हजार दुई सय मिटर अग्लो स्थानमा रहेको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको गाउँ लिमी सेवाग्राहीहरुले घरघरमा सामाजिक सुरक्षा भत्ता पाउनुभएको छ । गाउँपालिका केन्द्रबाट दुई दिन पैदल लाग्ने लिमीका तीन गाउँका सेवाग्राहीहरुका लागि नगदै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएपछि सुविधा पाएका हुन् ।
तीन वटा गाउँमा वडा सचिव हिरा शर्मा घर्तीले घरघरमा पुगेर सबै प्रकारका सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता बुझाएको बताउनुभयो । लिमीका बासिन्दाहरुका लागि बैंक खाता खोल्न सम्भव नभएपछि सो भत्ता घरघरमा पुगेर हातहातमा बुझाएको उहाँले बताउनुभयो । यसरी सामाजिक भत्ता पाउने सेवाग्राहीहरुमा जेष्ठ नागरिक, साठी वर्ष कटेका नागरिक, पूर्ण र आंशिक अपाङ्गता भएका नागरिक, एक महिला र बाल अनुदानका बालबालिका छन् । लिमीका सेवाग्राहीहरुले आर्थिक वर्ष ०७७/०७८ को तीनै किस्ताको सामाजिक सुरक्षा भत्ता हातैमा पाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।