logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/



नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

अन्तर्राष्ट्रिय |


नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान
तस्विर-फाइल


दमास्कस, साउन १७ गते।
सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री हुसेन अर्नौसलाई उहाँले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गर्नुभएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गर्नुभएको हो । गत मे महिनामा भएको निर्वाचनमा उहाँ फेरि राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको घोषणा गरिएको थियो ।
राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन् २०२० को जुनमा बर्खास्त गरी राष्ट्रपति असदले अर्नौसलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मध्यपूर्वको सङ्कटग्रस्त मुलुक सिरियामा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै सङ्कट समाधान हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बन्नु अघि अर्नौसले जलस्रोत मन्त्रीका रुपमा पनि काम गरिसक्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?