logo
२०८१ बैशाख ८ शनिवार

 कोरोनाले सिथिल पर्यटन क्षेत्र कसरी सुधार्ने ? 



नीतिगत सुधार जरुरीः व्यबसायी, कार्यविधि ल्याउँदै छौंः मन्त्रालय

पढ्नै पर्ने |


नीतिगत सुधार जरुरीः व्यबसायी, कार्यविधि ल्याउँदै छौंः मन्त्रालय


छेटु शेर्पा
काठमाडौं, साउन १७ गते । कोरोनाभाइसर (कोभिड–१९) को महामारीले दुई वर्षदेखि ठप्प भएको पर्यटन क्षेत्रको सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि ल्याउने भएको छ । नेपालको अर्थतन्त्रको आधाहिस्सा ओगटेको पर्यटन व्यवसाय तथा पर्यटकीय गतिविधि शुन्यस्तरमै फर्किएको भन्दै मन्त्रालयले यसको सुधारका लागि प्रभावकारी योजनासहितको कार्यविधि ल्याउन काम शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

तुरुन्तै पुरानै शैलीमा फर्कन समय लाग्ने छ तर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज र सुविधाहरु दिएर पर्यटन क्षेत्रमा सुधार ल्याउने छलफल भएको सुवेदीले बताउनुभयो । मन्त्रालयले सबै तयारी गरे पनि मन्त्री नहुँदा निर्देशनात्मक काम बाँकी रहेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुको सुझावलाई समेत कार्यविधिमा समावेश गरिने छ । पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेर व्यवसाय प्रवर्द्धनमा जोड दिइने गरी मन्त्रालय अघि बडेको जनाएको छ ।

कोभिडपछि दुवई, माल्दिभ्स, श्रीलंकालगायतका देशमा पर्यटन क्षेत्रको सुधार भई सकेको पर्यटन व्यवसायी एवं होटल एसोसिएनस नेपालका बरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो । नीतिगत सुधार मात्र गरे ५० प्रतिशत सुधार हुने बताउदै अर्थमन्त्रीले ल्याउन लाग्नु भएको आर्थिक श्वेतपत्रमा पर्यटन क्षेत्रको सुधार बारे गम्भीर भएर सबै विषय समेट्न उहाँले सझाव दिनुभयो । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरेका विषय निजामती कर्मचारीलाई १० दिन पर्यटन काज, विदेशी पर्यटकलाई ३० दिनको भिषा शुल्क मिनाहा गर्नेे निजामती कर्मचारीलाई देशदर्शन गराउने योजना कार्यन्वयन गराउनु पर्ने उहाँले सुझाव दिनुभयो ।

यता पर्यटन व्यवसायी वाङछु शेर्पाले भने सरकारले घोषणा गरेका कार्यक्रमहरु मात्र कार्यन्वयन गरे पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । घोषणा गर्ने कार्यन्वयन नगर्ने र प्रभावकारी कार्यक्रमहरु ल्याउन नसक्दा सम्भावनाहरु गुम्दै गएको उहाँको भनाई छ । सरकारले यस वर्ष पर्यटन क्षेत्रसँग सम्वन्धित संघसंस्था नविकरण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रालयसँगै निजी क्षेत्रबाट नेपाल पर्यटन बोर्डबाट प्रवद्धनात्मक अध्ययनहरु शुरु गरेको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय गन्तव्यको पहिचान र विकास, गुणस्तरीय पर्यटक प्रवेशमा जोड, पर्यटकको बसाइ अवधि लम्व्याउने जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । हाल नेपाल आएका पर्यटक सरदरमा १५ दिनसम्म मात्र बस्ने गरेको मन्त्रालयको तथ्याङ्क छ । भारीतय पर्यटक, सार्क राष्ट्र लगायत तेस्रो मुलुकको पर्यटकलाई भिषा शुल्कमा छुट दिने गरी बजेटमा उल्लेख गरी सकेकाले तत्काल लागू गर्न मन्त्रालयले काम अघि बडाएको जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा कर्मचारीका लागि १० दिन पर्यटन काज समेत यसै भदौदेखि लागू गर्ने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?