logo
२०८० चैत्र १६ शुक्रवार

कर्मचारीलाई कोरोना पुष्टि भएपछि मालपोत कार्यालय बन्द

खुला |
फोटो फिचर |


2021-07-31-43316



मनोज भट्टराई
ओखलढुंगा, साउन १६ गते । मालपोत कार्यालय ओखलढुंगामा कार्यरत कर्मचारीलाई कोरोनापुष्टि भए पछि कार्यालय बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएछि कार्यालयले सेवा स्थगन गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै २२ गते सम्म कार्यालयका सम्पुर्ण सेवा बन्द रहने र अर्को सूचना जारी नगरे सम्मका लागि कार्यालय सञ्चालन नहुने जनाएको छ ।
पछिल्लो समय ओखलढुंगामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । जिल्लामा बिहिबार २८ जनालाई संक्रमण पुष्टि भएको थियो भने शुक्रबार ९ जनाको परिक्षण गरिएकोमा सबैलाई संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीका अनुसार पछिल्लो समय संक्रमण पुष्टि भएका प्राय सिद्धिचरण नगरपालिकाका नागरिक रहेका छन् ।
यससँगै जिल्लामा संक्रमित हुनेको कुल संख्या १ हजार ७ सय ३९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ३ सय ४८ रहेका छन् । कोरोनाका कारण हाल सम्म जिल्लामा ११ जनाले ज्यान गुमाइ सकेका छन् ।