logo
२०८१ बैशाख ६ बिहीवार

 कोरोनाको मार 



पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी

पढ्नै पर्ने |


पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी
सांकेतिक तस्बिर


छेटु शेर्पा
काठमाडाैं, साउन १५ गते । कोरोना महामारीसँगै करिब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । व्यवसायीहरुले दुःखेसो थियो, आफूहरुको रोजीरोटी नै बन्द हुने अवस्थामा पुग्यो स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउँ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग भेट गरी व्यवसायीको तर्फबाट क्षमताको ३५ प्रतिशत रहने गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग गरेको इभेन्ट भेन्यु एसोसिएन अफ नेपालका महासचिव उत्तम प्रकाश शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो । काठमाडौंमा रहेका करीब १५० पार्टी प्यालेस व्यवसायीहरुले प्रजिअ शर्मासँग गुनासो पोख्दै होटल व्यवसाय सञ्चालन हुदाँ पार्टी प्यालेस व्यवसायलाई ठप्प पार्नु सान्दर्भिक नभएको गुनासो गर्नुभएको थियो ।

यस अघि जिल्ला प्रशासन कार्यालयले २५ जनासम्म भेला भई विवाह लगायतका पार्टी गर्न पाउने निर्णय गरिसकेको छ । व्यक्तिगत दूरी कायम, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गरी स्वास्थ्यका मापदण्ड पूर्ण रपमा अपनाएर क्षमताको ३५ प्रतिशतसम्म सहभागी गराई व्यवसाय खोल्ने पक्षमा व्यवसायीहरु उभिएको शर्माले बताउनुभयो । कतिपय पार्टी पार्टी प्यालेसमा १५ सय जनासम्म आट्ने क्षमता छ ।

उपत्यकामा सञ्चालित ९९ प्रतिशत पाटी प्यालेस जमिन भाडामा लिएर चलाइएको छ । त्यस्तै पूर्वाधार निर्माणमा बैंक ऋणबाट पाँच करोडदेखि १० करोडसम्म लगानी गरेर व्यवसाय खोलेर पूरै बन्द गर्नुपर्दा व्यावसायी चिन्तित बनेका हुन् । व्यवसायीहरुलाइ अब पनि सञ्चालन गर्न नदिए सरकारलाई तालाचावी बुझाउने पक्षमा पुगेको इभेन्ट भेन्यु एसोसिएन अफ नेपाला अध्यक्ष अनिल शर्माले बताउनुभयो । सरकारले उस्तै प्रकृतिका होटलहरु सञ्चालन गर्न दिने तर पार्टी प्यालेसमाथि प्रतिशाेध राखेजस्तो गरी व्यवसाय ठप्प पार्ने काम गरेकाले तत्काल निर्णय नदिए हामीले आन्दोलन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

सरकारले गम्भिरता पूर्वक नलिए ललितपुर रेन्टल क्याटरिङ तथा पाटी प्यालेस व्यवसायी संघ, भक्तपुर पाटी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ लगायतले समेत आन्दोलन गर्ने तयारीमा जुटेको अध्यक्ष शर्माले बताउनुभयो ।
पार्टी प्यालेस बन्दले प्रत्येकबाट २५ देखि ५० जनासम्मले रोजगारी गुमाएको व्यावसायीहरुको भनाइ छ । सरकारसँग पटक पटक आग्रह गर्दासमेत कुनै चासो नदेखाए व्यावसायीको आरोप छ । सङ्क्रमण नियन्त्रण पार्टी प्यालेस बन्द गरेर मात्र हुने हो भने हामी सधैंका लागि बन्द गर्न तयार छौं होइन भने यसमा राज्यले चासो देखाउनुपर्छ, शेर्पा पार्टी प्यालेस जोरपाटीका सञ्चालक कामी शेर्पाले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने तत्काल माथिल्लो निकायसम्म छलफल गरेर व्यवसाय सञ्चालनका विषयमा निर्णय लिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?