logo
२०८१ बैशाख १३ बिहीवार



जीप भीरबाट खस्दा एकको मृत्यु, आठजना घाइते

पढ्नै पर्ने |


जीप भीरबाट खस्दा एकको मृत्यु, आठजना घाइते


ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानीस्थित बादिकाको भीरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भीरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय विकास सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । सडकबाट खसेको जीप भीरमा सल्लाको रुखमा अड्कीएको छ । रुखमा अड्किएका जिपबाट खसेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ ।
चालकसहित अन्य ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चालक आकास रसाइलीको निधार र घाटीमा चोट लागेको छ ।
दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरुले उद्धार गरेर घाइतेहरुलाई दरबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा ल्याएका थिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?