logo
२०७८ असोज ३ आईतवार

दैनिक अध्यावधिक

image
656

सङ्क्रमित

image
1413

निको भएका

image
12

मृत्यु भएका

मिति:आश्विन ३, २०७८ (१६:२०)
स्राेत:https://covid19.mohp.gov.np/

 नयाँ भेरियन्ट कतिको घातक होला ? 



उत्परिवर्तन सामान्य कुरा हो तर यो सङ्क्रामक पनि हुन सक्छ: विज्ञ

पढ्नै पर्ने |


उत्परिवर्तन सामान्य कुरा हो तर यो सङ्क्रामक पनि हुन सक्छ: विज्ञ


बिष्णु पाण्डेय
काठमाडौं,साउन १४ गते । मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेल्टा भाईरसको नयाँ म्युटेसन फेला परेको जनाएसँगै नयाँ म्युटेड भेरियन्टले कत्तिको असर गर्छ भन्ने सबैको जिज्ञासा छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट नै बढी संक्रामक भएको जनाइरहँदा यसको नयाँ म्युटेसन देखिँदा यो कति सङ्क्रामक हुन्छ भन्ने कुरा अझ जिज्ञासाको विषय हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.वासुदेव पाण्डेयले भाइरसहरुको उत्परिवर्तन निरन्तर चलिरहने भए पनि अहिलेको डेल्टा भेरियन्टको नयाँ म्युटेसन घातक हुन सक्ने बताउनुभएको छ ।
विभिन्न देशमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस सङ्क्रमित भैरहेकाले यो नयाँ म्युटेसनले पनि धेरै मानिसलाई सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।
यो नयाँ म्युटेड भेरियन्टले विशेषगरी बालबालिकालाई बढी सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो । विभिन्न देशमा पनि अहिले बालबालिका बढी सङ्क्रमित भइरहेको अवस्थामा नेपालमा पनि बालबालिका बढी जोखिममा  छन् उहाँले भन्नुभयो।  बालबालिकाले खोप पनि लगाउन नपाएकाले यो नयाँ म्युटेड भेरियन्ट बढी घातक हुनसक्छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि यो नयाँ म्युटेड भेरियन्ट खतरनाक नै रहेको बताउनुभएको छ ।
यो भेरियन्ट नेपाल सरकारले जनाएजस्तो नौलो नरहेको उहाँको भनाइ छ । सरकारले नौलो म्युटेसन पत्ता लाग्यो भन्नुभन्दा उनीहरु कुन उमेर समूहका हुन् अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।
दोस्रो लहर उत्कर्षमा पुगेको बेला नेपालमा डेल्टा भेरियन्ट देखिएकाले अहिले यसको म्युटेड भेरियन्ट बढी सङ्क्रामक पनि हुन सक्ने उहाँको भनाइ छ । यो भेरियन्टले खोप नलगाएका जुनसुकै उमेर समूहकालाई पनि आक्रमण गर्न सक्ने उहाँ बताउनुहुन्छ ।
यस्तै माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेले भाइरसको म्युटेसनलाई स्वाभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताउनुहुन्छ । जुनसुकै भाइरस पनि म्युटेसन हुने भएकाले म्युटेड भेरियन्टको प्रकृति र सङ्क्रमणलाई नियाल्नुपर्ने उहाँले बताउनुभयो । सरकारले सूचना प्रकाशित गरेर नयाँ भेरियन्ट पत्ता लाग्यो भनेर नागरिकमा त्रास उत्पन्न गर्नु नहुने उहाँको भनाइ छ । सरकारले नयाँ म्युटेड भेरियन्टको सङ्क्रमण दर कस्तो छ कस्ता प्रकृतिका मानिसलाई यसले सङ्क्रमण गरेको छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँको आग्रह छ। । बालबालिकाहरुले खोप नलगाएको अवस्था भएका कारण यो नयाँ म्युटेड भेरियन्टले उनीहरुलाई असर गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?