logo
२०८० चैत्र १६ शुक्रवार

 कोरोनाको मार 



पलायन हुने अवस्थामा ट्रेकिङ गाइड, वैकल्पिक व्यवस्थाको माग

पढ्नै पर्ने |


पलायन हुने अवस्थामा ट्रेकिङ गाइड, वैकल्पिक व्यवस्थाको माग
तस्विर साभारः नेपाल पर्यटन बोर्ड


छेटु शेर्पा
काठमाडौं, साउन १३ गते । दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिवर्तन गर्ने सोचमा पुग्नुभएको छ । कोरोनाका कारण करिब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भएपछि उहाँको गाइड पेशा ठप्प बनेपछि सरकारले समेत गाइडहरुलाई कुनै सहुलियत राहत प्याकेजका कार्यक्रमहरु नदिएपछि पेशा नै परिवर्तन गर्ने सोचमा पुगेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, अव फेरि ट्रेकिङ गाइडनै भएर पेशामा फर्किने सम्भावना कम छ ।

शेर्पा जस्तै करिब चार हजार सक्रिय ट्रेकिङ गाइडहरु कामविहीन बनेपछि अधिकांश विदेश जाने र पेशा परिवर्तन गरेर जीवन चलाउने पक्षमा उभिएको पाइएको छ ।
पर्यटन विभागको तथ्याङ्क अनुसार हाल नेपालमा २२ हजार ट्रेकिङ गाइड दर्ता छन् यीमध्ये १७ हजारले नवीकरण गरे पनि चार हजार मात्र सक्रिय रहेका छन् । कोरोना कहरकै बीचमा पनि सरकारले विकल्प नदिए दोस्रो पेशामा फर्केका ट्रेकिङ गाइड पुनः पर्यटन क्षेत्रमै फर्किने सम्भावना न्यून हुँदा गाइडहरु पलायननै हुने खतरा बढेको छ ।
३० वर्षभन्दा अघिदेखि नेपालको एउटै क्षेत्रमा मात्र पदयात्रा हुने गरेको छ त्यसैले नयाँनयाँ रुट खोल्न, आधारशिविरसम्मको क्याम्पहरुमा पानी र वासस्थानको व्यवस्थापन लगायतका काम मजदुरहरुलाई व्यवस्थापन गर्न सुझाव दिए पनि सरकारले कुनै चासो नदेखाएको उहाँ गुनासो गर्नुभयो ।
राज्यले प्रयोग गर्न नसक्दा गाइडहरु वैकल्पिक उपाय खोज्न थालेको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका महासचिव सार्की शेर्पाले बताउनुभयो । हामीले बाराम्वार मन्त्रालय र विभागसँग राहत कार्यक्रमहरु माग गरेका थियाैँ तर सुनुवाई भएन, उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन भन्दै पदयात्री पर्यटकसँग सङ्कलन गर्दै आएको रकममा १० प्रतिशत मजदुरको हितमा खर्च गर्ने भने पनि हालसम्म हुन सकेको छैन । यता पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङले भने गाइडहरुका विषयमा मन्त्रालयसँग थप छलफल भएकाले नयाँ कार्यक्रमहरु आउने सक्ने सम्भावना भएको बताउनुभयो । सरकारले प्रयोग गरे ट्रेकिङ गाइडहरुले सरकारले आन्तरिक पर्यटन प्रवर्धनका गतिविधि गर्न, हिमाल सफाइ र आधारशिविर सम्मको सफाइ, नयाँ ट्रेकिङ रुट खुल्ला गर्न, पदयात्रामा हुने गरेका समस्याहरु क्याम्पिङ, खानेपानी, लगायतमा कामको व्यवस्थापन गरेर पुनःपर्यटन क्षेत्रलाई ब्युँताउन सहयोग गर्ने पक्षमा रहेको ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका कार्यवाहक अध्यक्ष जाङ्बु शेर्पाले बताउनुभयो ।

नेपालमा हाल दुई हजार तीन सयभन्दा बढी ट्रेकिङ एजेन्सीहरु दर्ता भएर पदयात्रा र पर्वतारोहण लगायतका क्षेत्रमा काम गर्दै आएको छ, यी एजेन्सीहरुमा दुई वर्षदेखि काम नहुदाँ मजदुरहरु समेत कामविहीन बनेका हुन् । गाइडहरुका लागि सरकारले तत्कालिन र दीर्घकालीन सहुलियत ऋण र राहतको व्यवस्था गरेर पदयात्रा पेशालाई सुरक्षित गर्न समेत उहाँहरुले माग गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?