logo
२०८१ बैशाख ८ शनिवार

राष्ट्रपतिद्वारा पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन (फोटो फिचर)

पढ्नै पर्ने |
मुख्य समाचार |
फोटो फिचर |


2021-07-28-43067


काठमाडौं, साउन १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको छ ।
बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुग्नुभएको राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाmे युद्ध संग्रहालय निर्माण गरेको हो । २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । संग्रहालय छ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । छ करोड ५० लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।