logo
२०८१ बैशाख १३ बिहीवार

याे वर्ष लटरम्मै फले मार्फामा स्याउ, किसान दङ्ग (फाेटाे फिचर)

अर्थ |
फोटो फिचर |


2021-07-25-42824


अमृतप्रसाद पौडेल
बेनी, साउन १० गते । मिठो स्याउ अनि स्याउको राजधानी भनेर मुस्ताङको मार्फालाइ सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । हो त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने गतवर्षको तुलनामा धेरै फलेको छ । हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको स्याउ गत वर्ष भन्दा बढी फलेको हो ।
मुस्ताङको मुक्तिनाथमा होटल व्यववसाय सञ्चालन गर्नुभएका अमृत सुवेदी भन्नुहुन्छ –‘पोहोर सालभन्दा यो साल स्याउ आकर्षक देखिएको छ र फलेको पनि धेरै छ । मुस्ताङको मुख्य उत्पादन मानिने स्याउले यस वर्ष मुस्ताङका कृषकले राम्रै आम्दानी गर्ने अनुमान गर्न सकिने सुवेदीको भनाइ छ ।
मार्फाका कृषक दीपक लालचन भन्नुहुन्छ– ‘गतवर्ष सडक नहुँदा स्याउ छिटो बेच्न नपाए पनि गुणस्तरीय स्याउ बजार गएको थियो, यो वर्ष सडक पनि खुल्ला र पोहोरभन्दा बढी स्याउ फलेकाले हामी उत्साहित छौं । अबको एक महिना आकासे पानी कम भएमा स्याउले राम्रो गुणस्तर पाउँछ । यो वर्ष चिस्यान राम्रो, मार्फा क्षेत्रमा सिंचाइ आयोजना सकिएकोले सिंचाइको पनि व्यवस्था भएको हुँदा यस वर्ष स्याउ उत्पादन बढी हुने लालचनको भनाइ छ ।