logo
२०८१ बैशाख १३ बिहीवार

न्यू बुटवल बर्दघाट विद्युत् सबस्टेशन निर्माण सम्पन्न

अर्थ |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-22-42571


गोपी ज्ञवाली 
नवलपरासी, साउन ७ गते । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी विद्युत सबस्टेशन निर्माण कार्य सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको आयोजनामा कालीगण्डकी करिडोर प्रशारण लाइन अन्तर्गतको सुनवल नगरपालिका वार्ड नम्बर १३ सूर्यबस्तीमा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेशनको निर्माण कार्य सम्पन्न भई परीक्षणको तयारीमा रहेको न्यु बुटवल–वर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेशन निर्माण आयोजनाका प्रमुख विश्वरन्जन मिश्राले बताउनुभएको छ ।
सन २०२० अक्टोवरभित्र निर्माणकार्य सक्नुपर्ने गरी २०१७ को अक्टोवरदेखि विद्युत सब स्टेशन निर्माणको कार्य शुरु भएको उक्त आयोजनाको निर्माणको काम अहिले सम्पन्न भएको न्यु बुटवल–बर्दघाट २२० केवि प्रसारण लाइन सबस्टेशन निर्माण आयोजनाका सूचना अधिकृत अशोक पोखरेलले बताउनुभयो ।
आयोजनाका सूचना अधिकृत पोखरेलका अनुसार आयोजनाले काम शुरु गरे छि कोभिड सङ्क्रमणका कारण दुई पटकको बन्दाबन्दी, भारतीय नाकाबन्दी, केही समय स्थानीयवासीको विरोध, अवरोधका बावजुद आयोजनाले २८ महिनामा सबस्टेशनको भौतिक निर्माण कार्य सम्पन्न गरी अब परीक्षणको तयारीमा छ ।
टावरहरुको निर्माण, ट्रान्सफरर्मर एवं अन्य उपकरणहरुको जडान, सबस्टेशन नियंत्रण भवन उपकरणहरुको जडान, सबस्टेशनको प्रशासनिक भवन, कर्मचारी आवास भवन लगायतका भौतिक निर्माणका कामहरु सम्पन्न भएको बताइएको छ ।
सुनवल नगरपालिकाको वार्ड नम्वर १३ सूर्यबस्तीमा करिब २० विगाहा क्षेत्रफलमा उक्त आयोजनाको पूर्वाधार निर्माण भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको विद्युत् प्रशारण लाइनको सबस्टेशनको निर्माण ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्टस लिमिटेडले लिएको थियो ।
एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको यस विद्युत सबस्टेशनले कालिगण्डकी क्षेत्रबाट उत्पादित विद्युत मध्य तराईका निर्माणाधीन शहरहरुमा प्रसारण गर्ने छ । यो सबस्टेशन निर्माण पछि कालिडण्डकी बेसीनबाट आउने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जाडिएर नवलपरासी, बुटवल भैरहवा लगायतका क्षेत्रहरुमा विद्युत प्रसारणको काम सहज हुनेछ ।