logo
२०८० चैत्र १६ शुक्रवार



लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान

राष्ट्रिय |
पर्यटन |


लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान


छेटु शेर्पा

काठमाडौं, साउन ५ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान गर्न हवाइ सेवा कम्पनीहरुलाई अनुमति दिएसँगै यात्रुहरुले सहज रुपमा हवाइ सेवा लिन थालेका छन् ।

दोस्रो लहरको कोभिड संक्रमणसँगै सरकारले बैसाख १६ गते देखि निषेधाज्ञा जारी गरे पछि तत्कालै हवाइ उडान समेत बन्द गरेको थियो । संक्रमणमा कमी आएको भन्दै सरकारले असार १७ गते देखि आन्तरिक उडान खुल्ला गरेको थियो । आइतबार मात्र त्रिभुवन विमानस्थलले एक सय वटा डिपाचर र ९८ वटा अराइभल गरी १९८ उडान अनुमती दिएको थियो । त्यसै गरी सोमबार पनि यता आन्तरिक उडानमा भने ९५ वटा डिपाचर र ९० वटा अराइभल गरी १८५ वटा नियमित उडानका लागि अनुमती दिएको विमानस्थलका प्रमुख प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराई सरकारले अन्तर्राष्ट्रिय उडानलाई समेत खुल्ला गरेको छ । विमानस्थलले मंगलबार पाँच वटा कार्गो र नौ वटा नियमित उडान गरी १४ वटा अन्तर्राष्ट्रिय गर्न अनुमति दिएको छ । यि उडानबाट एक हजार २२५ नेपाल आउने छन् भने एक हजार ४५० नेपाल वाहिरीने छन् । सोमबार १३ वटा उडान भएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडानहरु क्रमिक रुपमा खुल्ला गर्दै गए पनि सम्वन्धित गन्तव्य रहेका देशले भने यात्रु अवतरण गर्न नदिए पछि सेवा सञ्चालनमा समस्या हुने गरेको विमानस्थलका प्रमुख तिवारीले जानकारी दिनुभयो । हाल मलेसिया, युएइ, सिंगापुर, चीन लगायतका देशले यात्रु ल्याउन पाउने तर लान नपाउने गरी कडाइ गरेको छ । आन्तरिक उडान भने क्रमिक रुपमा सुधार हुँदै गएको उहाँको भनाई छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाल दैनिक १० हजार ६४६ जना भन्दा बढी यात्रुले आवतजावत गर्ने गरेका छन् । सोमबार पाँच हजार ४२८ काठमाडौं भित्रिएका थिए भने पाँच हजार २१८ काठमाडौं वाहिरिएको विमानस्थलको तथ्याङ्क छ । त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा हालसम्म नौ वटा हवाइ कम्पनीले आन्तरिक र २९ वटा हवाइ कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएको तथ्याङक छ । विमानस्थलको विगतको तथ्याङ्क हेर्दा दैनिक रुपमा ३५० वटा आन्तरिक र एक सय वटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?