logo
२०८१ बैशाख ८ शनिवार

  नेपालमा कति छन् भेन्टिलेटर ?  



एक हजार २३३ थान भेन्टिलेटर, दाताले दिए दुई सय, १८० किन्दै

पढ्नै पर्ने |
बिज्ञान |


एक हजार २३३ थान भेन्टिलेटर,  दाताले दिए दुई सय,  १८० किन्दै


छेटु शेर्पा
काठमाडौं, असार २४ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेसँगै विरामीमा भेन्टिलेटरको माग बढेपछि सरकारले यसको व्यवस्थापन गरी सेवा प्रवाहमा सहजता बनाएको छ । विरामीलाई भेन्टिलेटरको सेवा सहज उपलबध गराउन उपकरण र प्राविधिकको सङ्ख्या थप गरी क्षेत्रगत रुपमा व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार हाल देशभर एक हजार २३३ सेट भेन्टिलेटर पुगेको छ । यस अघि केही अस्पतालमा भेन्टिलेटर भए पनि दक्ष प्राविधिकको अभावले सञ्चालनमा आउन सकेको थिएन र बिरामीले सहज रुपमा प्रयोग गर्न नपाएको उहाँले बताउनुभयो । सरकारले गत वर्ष मात्र छसय वटा भेन्टिलेटर थप गरेको थियो । यो संख्याले भेन्टिलेटर सेवा सहज आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले यस वर्ष १८० वटा थप खरिद प्रक्रिया अघि बढाएको छ ।

प्राविधिक र उपकरणको सङ्ख्या थप गरी विरामीलाई सहज रुपमा उपचार गर्ने गरी तयारीका साथ काम अघि बढाएको प्रवक्ता पौडेलले बताउनुभयो । मन्त्रालयले यस अघि देशैभर रहेको तथ्याङक सङ्कलन गरी प्रयोग र व्यवस्थापनमा लागि परेको जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशमा ५४२ सेट भेन्टिलेटर  छन् । काठमाडौं उपत्यकाको सरकारी, सामुदायिक, मेडिकल कलेज तथा निजी अस्पतालमा गरी २०१ वटा भेन्टिलेटर छन् भने बाँकी उपत्यका बाहिर छन् ।

उपत्यकामा कहाँ कति
उपत्यकामा रहेका मध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ३१, नेपाल प्रहरी अस्पतालमा २०, काठमाडौं मेडिकल कलेजमा २५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२, सशस्त्र प्रहरी बल अस्पतालमा नौ, वीरेन्द्र सैनिक अस्पताल आठ , वीर अस्पताल १०, मनमोहन अस्पतालमा १२, धुलिखेल अस्पतालमा आठ वटा र बाँकी अन्य अस्पतालमा छन् ।

जिल्ला अस्पतालहरुमा रहेका भेन्टिलेटर दक्ष प्राविधिकको अभावले सञ्चालन हुन नसकेको अवस्थामा रहेकाले यसलाई व्यवस्थित गर्न मन्त्रालयले योजना बनाउन शुरु गरेको मन्त्रालयका प्रवक्ता पौडेलले बताउनुभयो । विरामीलाई भेन्टिलेटर प्रयोग गर्ने अवस्थासम्म पु¥याउने लक्षमा मन्त्रालय छैन, त्यसैले यसको व्यवस्थापकीय पक्षलाई दुरुस्त बनाउन कार्यविधिनै बनाउने मन्त्रालयले तयारी थालेको जनाएको छ ।

दाताले दिए दुईसय थान दिए
सङ्ख्यात्मक रुपमा कमी भएपछि सरकारले विभिन्न दातृनिकायसँग भेन्टिलेटर सेट माग गरेको थियो । यसै महामारीबीच विभिन्न निकायबाट दुईसय भेन्टिलेटर सेट थप प्राप्त भएको मन्त्रालयको तथ्याङ्क छ । कोरोना महामारीकै समयमा जर्मनीले ४६ सेट, स्वीजरल्याण्ड दूतावासले ४०, तेमासेक प्राइड पिटिइ प्रालि सिङ्गापुरको २० सेट, स्पेन सरकारले १५ सेट, फ्रान्सले १४, चीनको स्वाशासित क्षेत्र तिब्वत सान्तोनले ५, स्टान्डर्ड चार्टर बैंकबाट एक सेट र वान हर्ट वल्र्ड वाइड नामक संस्थाले एक सेट प्रदान गरेको थियो । त्यस्तै आजै मात्र इजरायलले दिएको ५८ थान भेन्टिलेटर काठमाडौं आइपुगेको छ ।

यस वर्ष खरिद गरिने १८० बाहेक हालसम्म देशभर रहेका एक हजार ३३ र विभिन्न निकायबाट प्राप्त दुईसय गरी हाल नेपालमा एक हजार २३३ वटा भेन्टिलेटर सेट रहेकाले सेवामा सहज हुने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?