logo
२०८१ बैशाख ८ शनिवार

   एमालेका अध्यक्ष ओली र नेता नेपालबीचको वार्ता सम्पन्न  



वार्ता सकारात्मक भएकाे नेताहरूकाे प्रतिक्रिया, बाँकी काम कार्यदलले टुङ्गयाउने

पढ्नै पर्ने |


वार्ता सकारात्मक भएकाे नेताहरूकाे प्रतिक्रिया, बाँकी काम कार्यदलले टुङ्गयाउने


गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक भएकाले अर्को बैठकमा सहमति गर्नेगरी आजको बैठक सम्पन्न भएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ भएको करिब डेढ घण्टा लामो वार्तामा सो सहमति बनेको दावी गरिएको हो । आजको बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच विषयकेन्द्रित एक्लाएक्लै वार्ता भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । एक्लाएक्लै वार्ता सकारात्मक भएको आफूहरुलाई जानकारी प्राप्त भएकाले अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको उहाँले बताउनुभयो ।

वार्तापछि शुरुमा वरिष्ठ नेता नेपाल बैठक स्थलबाट बाहिरिनुभएको थियो । सोपछि अध्यक्ष तथा प्रधानमन्त्री ओली बाहिरिनुभयो । तर उहाँहरुले केही प्रतिक्रिया दिन चाहनु भएन । सहमतिमा विट मार्न बाँकी रहेकाले दुवैजना प्रतिक्रिया दिन तयार नहुनुभएको बुझाई नेताहरुको छ ।

नेता भीमबहादुर रावलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित भएको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो ।  बैठक साँझ ८ बजेदेखि ९ः३० बजेसम्म चलेको थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?