logo
२०८१ बैशाख १३ बिहीवार



पूर्व माओवादी नेताहरुले सर्वोच्चको फैसलापछि मात्र अदालत र निर्वाचन आयोग जानेबारे निर्णय लिने

पढ्नै पर्ने |
राष्ट्रिय |


पूर्व माओवादी नेताहरुले सर्वोच्चको फैसलापछि मात्र अदालत र निर्वाचन आयोग जानेबारे निर्णय लिने


लक्की चौधरी

काठमाडौं, असार २३ गते । नेकपा ९माओवादी केन्द्र० परित्याग गरी नेकपा ९एमाले० मा रहनुभएका नेताहरु सांसद पदबाट पदमुक्त हुनुभएपछि उजुरी दिन निर्वाचन आयोग जाने तयारी गर्नुभएको छ । माओवादी केन्द्र पार्टी नै अवैधानिक भएकोभन्दै उहाँहरुले अवैधानिक पार्टीले गरेको कारवाही फुकुवाको माग गर्दै आयोग जाने तयारी गर्नुभएको हो । 

निर्वाचन आयोगमा जाने सबै प्रक्रिया र तयारी पूरा भए पनि सर्वोच्च अदालतको फैसला कुरेर मात्र आयोग जाने नेताहरुको तयारी रहेको पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव केशव रायमाझीले जानकारी दिनुभयो । 

“निर्वाचन आयोग जाने सबै तयारी र प्रक्रिया पूरा भएर नेताहरु बस्नुभएको छ, सर्वोच्च अदालतको फैसला के आउँछ त्यो हेरेर मात्र उजुरी दिने–नदिने टुङ्गो लाग्छ” उहाँले भन्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाबारेको फैसला असार २८ गते सुनाउने भएको छ । “सर्वोच्च अदालतले निर्वाचनमा जाने फैसला गरेमा आयोग जानुको अर्थ रहँदैन, तर प्रतिनिधिसभा पुनःस्थापना भएमा सर्वोच्च अदालत र आयोग दुवै ठाउँमा उजुरी लिएर जाने तयारी भएको छ” रायमाझीले भन्नुभयो ।

माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशङ्कर चौधरीको सांसद पद गुमेको थियो । माओवादी केन्द्र लामो समयसम्म महाधिवेशन नगरेको, दल ऐनअनुसार कुनै प्रक्रिया पूरा नगरेको अवैधानिक दल भएकाले त्यस्तो दलले गरेको कारवाही पनि अवैधानिक हुने भन्दै आफूहरु अदालत र आयोग दुवै ठाउँमा उजुरी गर्न जाने तयारी गरेको प्रमुख स्वकीय सचिव रायमाझीले जानकारी दिनुभयो ।


निर्वाचन आयोग जाने विषयमा सामान्य छलफल भएपनि कहिले जानेबारे आफूलाई जानकारी नभएको पूर्वमन्त्री गौरीशङ्कर चौधरीले बताउनुभयो । आफू चार दिनदेखि गृहजिल्ला कैलालीमा रहेकाले त्यसबारे खासै जानकारी नपाएको चौधरीले बताउनुभयो । 


सोहीअनुसार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार किरण भट्टराईले पनि निर्वाचन आयोग जाने समाचार मिडियामा सुनिए पनि आजै निर्वाचन आयोग जाने नजाने बारेमा कुनै तयारी नभएको बताउनुभयो । 


गत फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विघटन गरी साविककै नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि माओवादी नेता तथा सांसदहरु एमालेतिर लाग्नुभएको थियो । केन्द्रले उहाँहरुलाई कारवाही गरेपछि पदमुक्त हुनुभएको थियो । उहाँहरु सबै प्रत्यक्ष निर्वाचित सांसद रहनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप