logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौं महानगरमा घट्दै सङ्क्रमण, कुन वडामा कति सङ्क्रमित

खुला |


काठमाडौं महानगरमा घट्दै सङ्क्रमण, कुन वडामा कति सङ्क्रमित


आशा साह
काठमाडौं, असार १५ गते । अहिले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने असार १४ गतेसम्म काठमाडौं महानगरभित्र मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ८८२ छन् । काठमाडौं उपत्यकामा सोमबार ५१४ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

पछिल्ला केही सातायता देशभर फेला पर्ने नयाँ सङ्क्रमितमध्ये एक चौथाइ काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा फेला पर्ने गरेका छन् । सोमबार काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

काठमाडौं महानगरपालिकाले असार १४ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ वटा वडामा हालसम्म ६७ हजार ७३७ जना कोरोना सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेसनमा तीन हजार ५४४ जना, अस्पतालमा २०९ जना, संस्थागत आइसोलेनमा १२९ जना र जम्मा सक्रिय सङ्क्रमित सङ्ख्या तीन हजार ८८२ जना छन् । यसैगरी हालसम्म ६३ हजार ३६९ जना सङ्क्रमण मुक्त भएका छन् भने ४८६ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् ।

काठमाडौं महानगर वडा नम्बर १ मा ६२५ जना कोरोना सङ्क्रमित छन् । जसमा १९ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा १ जना छन् । साथै छ सय निको भएका छन् भने पाँच जनाले ज्यान गुमाएका छन् ।
वडा नम्बर २ मा १३ सय १९ जना सङ्क्रमित छन् भने १२ सय ४१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै होम आइसोलेसनमा ५६ जना, अस्पतालमा पाँच जना, संस्थागत आइसोलेसनमा पाँच छन् । साथै १२ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ३ मा ३६ सय ६० जना सङ्क्रमित रहेकोमा २९ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् । साथै होम आइसोलेसनमा ६०२, अस्पतालमा ८०, संस्थागत आइसोलेसनमा पाँच छन् भने पाँच जनाको मृत्यु भएको छ ।
वडा नम्बर ४ मा ३२ सय ७४ जना कोरोना सङ्क्रमित रहेकोमा ३१ सय ७९ जना निको भएका छन् । साथै, ६० जना होम आइसोलेसनमा, पाँच जना अस्पतालमा, एक जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ५ मा १३ सय ७८ जना सङ्क्रमित भएका छन् । जसमा १२ सय सात जना सङ्क्रमण मुक्त भएका छन् । साथै १५५ जना होम आइसोलेसनमा छन् भने १६ जना मृत्यु भएको छ ।

वडा नम्बर ६ मा २५ सय ४८ जना सङ्क्रमित भएका छन् भने २३ सय २२ जना सङ्क्रमण मुक्त भएका छन् । साथै २०९ जना होम आइसोलेसनमा, १ जना अस्पतालमा छन् । त्यस्तै १६ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् ।
वडा नम्बर ७ मा २५ सय २४ जना सङ्क्रमित भएका छन् भने २३ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै १२३ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा, दुई जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै सङ्क्रमित मध्ये १९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ८ मा ११ सय ७ जना सङ्क्रमित भएका छन् भने १० हजार ५० जनाले सङ्क्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा २२ जना, संस्थागत आइसोलेसनमा २५ जना छन् । साथै १० जनाको मृत्यु भएको छ ।

वडा नम्बर ९ मा ३३ सय ६२ जना सङ्क्रमितमध्ये २५ सय २६ जना निको भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ८१९ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा, र पाँच जना संस्थागत आइसोलेसनमा  छन् । साथै ९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १० मा ३५ सय ६५ जना सङ्क्रमित  छन् । त्यसमध्ये ३४ सय ५७ जना निको भएका छन् । सङ्क्रमितमध्ये ७० जना होम आइसोलेसनमा, १८ जना अस्पतालमा छन् । साथै २० जनाको मृत्यु भएको छ ।
वडा नम्बर ११ मा २१ सय ४३ जना सङ्क्रमित हुँदा १७ सय ८७ जना निको भएका छन् । सङ्क्रमितमध्ये ३४४ जना होम आइसोलेसनमा, १ जना अस्पतालमा रहेका छन् । साथै ११ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १२ मा ५६३ जना सङ्क्रमितमध्ये ५४१ जना निको भएका छन् । साथै पाँच जना होम आइसोलेसनमा, नौ जना अस्पतालमा रहेका छन् । त्यस्तै ८ जनाको मृत्यु भएको छ ।

यसैजरी जारी विवरणअनुसार वडा नम्बर १३ मा २८ सय ६२ जना सङ्क्रमितमध्ये २८ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ३३ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा छन् । साथै ११ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १४ मा ४७ सय ५९ जना सङ्क्रमित हुँदा ४७ सय १२ जना सङ्क्रमण मुक्त भएका छन् । साथै २८ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र तीन जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १३ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
वडा नम्बर १५ मा ३७ सय ४३ जना सङ्क्रमित हुँदा ३४ सय ८४ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये १३७ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा, ६८ जना संस्थागत आइसोलेसनमा छन् । साथै ३४ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १६ मा ६१ सय ७१ जना सङ्क्रमित भएका छन् । जसमध्ये छ हजार दुई जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ८४ जना होम आइसोलेसनमा, १९ जना अस्पतालमा रहेका छन् भने ६६ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १७ मा १२ सय ९० जना सङ्क्रमितमध्ये १२ सय ३६ जना सङ्क्रमण मुक्त भएका छन् । साथै ३२ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा, पाँच जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १८ मा २६९ जनामा कोरोना सङ्क्रमण भएको छ । त्यसमध्ये २६१ जना सङ्क्रमण मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । अहिले सङ्क्रमितमध्ये दुई जना होम आइसोलेसनमा रहेका छन् ।
वडा नम्बर १९ मा ३२६ जना सङ्क्रमित भएका छन् भने त्यसमध्ये ३२३ जना निको भएका छन् । सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ ।
वडा नम्बर २० मा ४८३ जना सङ्क्रमित हुँदा १३ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै १३ जना होम आइसोलेसनमा  छन् ।
वडा नम्बर २१ मा ४२३ सङ्क्रमित हुँदा ४१० जना निको भएका छन् । साथै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै अहिले आठ जनामात्रै होम आइसोलेसनमा छन् ।
वडा नम्बर २२ मा ५८४ जना सङ्क्रमित हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५६६ जना सङ्क्रमण मुक्त भएका छन् ।

वडा नम्बर २३ मा ३९६ जना सङ्क्रमित हुँदा ६ जनाले ज्यान गुमाएका छन् भने ३८७ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै अहिले तीन जनामात्रै होम आइसोलेसनमा छन् । वडा नम्बर २४ मा २८३ जना सङ्क्रमित हुँदा नौ जनाको मृत्यु भएको छ भने २७० जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये चार जना होम आइसोलेसनमा  छन् । वडा नम्बर २५ मा ५०३ जना सङ्क्रमितमध्ये ४९२ जना सङ्क्रमण मुक्त भएका छन् । त्यसमध्ये १० जनाले ज्यान गुमाएका छन् भने एक जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर २६ मा २६ सय ४८ जना सङ्क्रमित छन् । त्यसमध्ये २५ सय ५६ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ । अहिले संक्रमितमध्ये ६० जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा, छ जना संस्थागत आइसोलेसनमा  छन् ।
वडा नम्बर २७ मा ६१७ जना सङ्क्रमित हुँदा १३ जनाको मृत्यु भएको छ भने ५९७ जना सङ्क्रमण मुक्त भएका छन् । सङुक्रमितमध्ये सात जना होम आइसोलेसनमा रहेको काठमाडौं महानगरद्वारा जारी विवरणमा उल्लेख छ ।
वडा नम्बर २८ मा ११ ५६ जनामध्ये दुई जनाले ज्यान गुमाएका छन् भने ११ सय १ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ५२ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी वडा नम्बर २९ मा २७ सय ३३ जना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ भने २६ सय ७८ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ३२ जना होम आइसोलेसनमन, नौ जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् ।
वडा नम्बर ३० मा १४ सय २६ जना सङ्क्रमितमध्ये १३ सय ९२ जना सङ्क्रमण मुक्त भए भने २७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सङ्क्रमितमध्ये सात जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर ३१ मा ४४ सय ७८ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ४३ सय ६४ जना सङ्क्रमण मुक्त भए भने २३ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये ८६ जना होम आइसोलेसनमा र पाँच जना अस्पतालमा छन् ।
वडा नम्बर ३२ मा ६५ सय १९ जना सङ्क्रमितमध्ये छ हजर १३ जना सङ्क्रमण मुक्त भए भने २८ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ४७० जना होम आइसोलेसनमा, आठ जना अस्पतालमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?