logo
२०८० चैत्र १६ शुक्रवार



निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने

पढ्नै पर्ने |


निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने


मुकुन्द गैरे
काठमाडौं, असार १४ गते । आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सो कुराको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

भोलिदेखि लागु हुने गरि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस स्वास्थ्यका मापदण्ड पालना गरेर चल्न पाउनेछन् । साथै बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्नेछ भने सिटमा यात्रुको दूरी राख्नुपर्नेछ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । 

यसैगरी, बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् ।विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप