logo
२०८१ बैशाख १४ शुक्रवार

तङ्ग्रिने प्रयासमा मेलम्चीका स्थानीय (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-06-23-40357
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
कठमाडौं, असार ९ गते । गतहप्ताको भीषण बाढीबाट ठूलो संख्यामा धनजनको क्षति व्यहोरेको मेलम्ची बजारका बासिन्दा बाढीको पीडाबाट तङ्ग्रिएर आफ्नो थात थालोमा खोस्रीखास्री गर्न थालेका छन् ।बाढीले भएभरको धनसम्पत्ती र कतिपयले परिवारजन गुमाए पनि आखिर सधैं पीडामा मात्र पिल्सिएर बसेर बाँकी जीवन चल्दैन भन्दै केहीले आफ्ना भत्किएका घर पसलमा बचेखुचेका सामान जम्मा गर्दै छन् ।
मेलम्ची क्षेत्रका केही बासिन्दा र प्रहरी र सेनाका जवान मिलेर तटबन्ध निर्माण गरी बजार क्षेत्रमा बाढीले हुन सक्ने थप क्षतिलाइ रोक्ने प्रयासमा जुटेका छन् । मंलगबार मेलम्ची क्षेत्रमा पुगेर फोटो पत्रकार सुजन गुरुङ्गले त्यहाँका गतिविधिलाई क्यामेरामा कैद गुर्न भएको छ ।