logo
२०८१ बैशाख १५ शनिवार

निजी सवारीमा जोर बिजोरपछि सडकमा चाप (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-22-40283
तस्बिरः बिकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ८ गते । उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिइएकाे छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो ।
आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

तस्बिरः बिकास द्वारे