logo
२०८० चैत्र १६ शुक्रवार



टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने

अन्तर्राष्ट्रिय |
खेलकुद |


टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने
तस्विर-फाइल


टोकियो, असार ७ गते। टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रङ्गशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ । रङ्गशालामा के कति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्याेल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो ।
आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रङ्गशालामा उपस्थित हुन दिइने उल्लेख छ  तर विदेशी दर्शकलाई भने यस पटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ ।
समितिले रङ्गशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । रङ्गशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ ।
विज्ञप्तिमा दर्शकलाई यताउति नगरी सोझै रङ्गशालामा जान र रङ्गशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?