logo
२०८१ बैशाख ८ शनिवार

वर्षा कम भएसँगै सिन्धुपाल्चाेक र मनाङमा सडक र पुल मर्मत शुरु

खुला |
फोटो फिचर |


2021-06-21-40232
वर्षा राेकिएसँगै साेमबार मेलम्ची क्षेत्रमा पानीकाे वहाब घटेकाे छ । तस्बिर साैजन्य : देबीरमन अधिकारी


छेटु शेर्पा

काठमाडौं, असार ७ गते । लगातारको वर्षाले बाढी पहिराेकाे चपेटामा परेका सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामे क्षेत्रमा सोमबार वर्षा कम भएसँगै सडक र पुल मर्मतको काम अघि बढाइएको छ । मेलाम्ची क्षेत्रमा दर्जनबढी पुल बगाएर एक गाउँदेखि अर्को गाउँसम्म पुग्न सक्ने अवस्था नभएपछि स्थानीय प्रशासनले सडक र पुल मर्मतको काम शुरु गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो ।

कती क्षति भयो भन्ने विस्तृत विवरण अझै पूर्ण रुपमा संकलन गर्ने काम सकिएको छैन तर पनि तत्काल अस्थायी सडक निर्माण र पुल निर्माणको कामशुरु गरेका छौं, खनालले भन्नुभयो । हेलम्बुसम्म फोरह्वील गाडी पुग्ने गरी ट्याक निर्माण गरी सकेको र त्यो भन्दा माथि काम हुँदै गरेको उहाँले जानकारी दिनुभयो । ठूलो समस्या टरेको छ अव दीर्घकालीन ठूला कामलाई योजना बनाएर अघि बढाउनु जरुरी रहेको उहाँको भनाई छ ।

यता मनाङको सदरमुकाम चामेबजारसम्म पुग्ने बाटो र पुल सबै बगाए पछि आवतजावत पूर्णरुपमा ठप्प भएको छ । उद्धार र राहतका कामसँगै सडक र पुल मर्मतका काम समेत शुरु गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । मुख्य समस्या मनाङमा सडकको हो त्यसपछि ढुवाँनी हुदाँ केही समस्या हल हुन्छ उहाँले भन्नुभयो । जिल्लास्तरबाट समन्व्य गरी हुने काम हामीले अघि बढाएका छौ अव ठूला लगानीमा गर्नुपर्ने दीर्घकालीन कामलाई अघि बडाउन सरकारसँग आग्रह गरेको समेत उहाँले बताउनुभयो ।

सोमबारदेखि मनसुन कम हुदै गएकोछ । भारी वर्षाका कारण यसवर्ष मनाङमा समेत क्षति पुगेको छ । मनाङमा बाढीबाट क्षतिपुगेको यो पहिलो भएको प्रशासनले जनाएको छ । मनाङमा खाद्यन्न लगायतका अत्यावस्यक सामाग्रीहरु हेलिकाेप्टर र भरियाबाट पुर्याएर समस्या हल गरेको प्रशासनले जनाएको छ । स्थानीय प्रशासन र सरकारले तत्कालसँगै दीर्घकालिन बैकल्पिक बाटो समेत अपनाउने गरी काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

वर्षा राेकिएसँगै साेमबार मेलम्ची क्षेत्रमा पानीकाे वहाब घटेकाे छ । तस्बिर साैजन्य : देबीरमन अधिकारी