logo
२०८० चैत्र १५ बिहीवार



आफैं गोली हानी नेपाली सेनाका सिपाहीद्वारा आत्महत्या प्रयास

खुला |


आफैं गोली हानी नेपाली सेनाका सिपाहीद्वारा आत्महत्या प्रयास


दिपकप्रसाद गौतम
वीरगञ्ज , असार ७ गते । वीरगञ्जको घण्टाघर छेऊमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् ।
वीरगञ्जको घण्टाघर छेऊमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले गएराति साढे ८ बजे आफैंले बोकेको एन–१६ राइफलबाट आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया घर भएका नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत २२ वर्षीय सिपाही श्यामबाबूप्रसाद चौहानले ब्यारेकभित्रै पोस्टमा खटेको बेला आफैंले बोकेको राइफलबाट आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
अचानक गोली पड्केको आवाज सुनेर अन्य सिपाहीहरू गएर हेर्दा चौहानले चिउँडोमुनिबाट आफूलाई हानेको गोली चौहानको आँखामुन्तिरबाट बाहिरिएको थियो । गोलि लागी घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगी प्रारम्भिक उपचार गरी गएराती नै नेशनल मेडिकल कलेज वीरगञ्जमा लगि शल्यक्रिया गरिएको प्रहरी नायब उपरीक्षक खनालले गोखापत्रलाई बतानु भयो ।
प्रहरी नायब उपरीक्षक खनालका अनुसार घटना भएको केहीबेरमैं अस्पताल लगिएकाले धेरै रक्तश्राव भएको छैन । घाईते चौहानको मुख, दाँत र नाकमा चोट लागेकाले अवस्था गम्भीर नै रहेको छ । नेपाली सेनाका सिपाही पदमा कार्यरत चौहानले आफैंलाई गोली हान्ने अवस्थामा किन पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको थप जानकारी नेपाली सेनाको सोही गणका गणपतिले दिने प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?