logo
२०८० चैत्र १५ बिहीवार



दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान

अर्थ |


दुग्ध ढुवानीको प्रतीक चिह्न प्रयोग गर्न आह्वान



गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ७ गते । नेपाल डेरी एसोसिएसनले डेरी उद्योगीहरूलाई राष्ट्रिय दुग्ध विकास बोर्डले तयार गरेको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउन आह्वान गरेको छ । बन्द, हडताल तथा बन्दाबन्दीलगायतको अवस्थामा दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई रोकटोक गरिएको गुनासो आएपछि बोर्डले सो गाडीका लागि छुट्टै लोगो तयार परेको छ ।
लोगो वितरण कार्य सुरु भइसकेको हुनाले एसोसिएसनले डेरी उद्योगीहरूलाई लोगो लिई प्रयोगमा ल्याउन आह्वान गरेको छ । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ पास भइसकेको छ ।
बोर्डले सूचना प्रकाशित गरी सबै डेरी उद्योगलाई आवश्यक कागजातसहित लोगोका लागि निवेदन दिन आह्वान गरेको थियो । सो आह्वानबमोजिम पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) र हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई लोगो प्रदान गरिएको छ ।
सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो अङ्कित सवारी साधनलाई निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि बिनाअवरोध नेपालभर आवतजावत गर्न सहज हुने र दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सुनिश्चित भएको एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?