logo
२०८० चैत्र १६ शुक्रवार



बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु 

अन्तर्राष्ट्रिय |


बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु 
तस्विर-बीबीसी


 ब्रसेल्स, असार ६ गते। बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो । यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।     

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?