logo
२०८१ बैशाख ८ शनिवार

खोला बढेपछि गाउँपालिकाले दिएको ट्याक्टरमा यात्रा (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2021-06-19-40082
तस्बीर साैजन्य : सुजिता थकाली,


अमृतप्रसाद पौडेल
बेनी, असार ५ गते । हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भारी वर्षाले गर्दा खोलामा पानीको बहाब बढेपछि गाउँपालिकाले ट्याक्टरको व्यवस्था गरेको छ । जिल्ला सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाले पैदलयात्रीका लागि ट्याक्टरको व्यवस्था गरेको छ । गाउँपालिकाकाले सर्वसाधारणका लागि सूचना प्रकाशन गरेरै दुई वटा ट्याक्टर व्यवस्था गरेको छ । घरपझोङ गाउँपालिकाको मार्फा खोलाको बाढीका कारणले साना गाडी र पैदल यात्रीलाई समस्या परेकोले यात्रुको सुविधाका लागि ट्याक्टर व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनुभयो । आचार्यका अनुसार अहिले पहिलो पटक बिहीबारदेखि लागु हुने गरी चार दिनका लागि व्यवस्था गरिएको र आवश्यकता अनुसार थप व्यवस्था गरिनेछ ।