logo
२०८० चैत्र १५ बिहीवार

   यो वर्षको मनसुनी अबस्था कस्तो होला ? 



सुरुवातमै धेरै क्षति भयाे, अझै क्षति हुन्छ सक्छ सजग हाेऔं

पढ्नै पर्ने |
राष्ट्रिय |


सुरुवातमै धेरै क्षति भयाे, अझै क्षति हुन्छ सक्छ सजग हाेऔं
तस्बिर सुजन गुरूङ्ग 


आशा साह
काठमाडौं, असार ४ गते । असारको पहिलो साताबाट शुरु भएको मनसुन असोजको पहिलो सातासम्म मनसुन रहन्छ । असोजको पहिलो सातासम्म मनसुन रहिरहने हुँदा सजक र सतर्कता अपनाउन वरिष्ठ मौसम विद वरुण पौडेलले बताउनुभएको छ ।
‘हामी मनसुनका सुरुवाती चरणमै छौं । सुरुवाती अवस्थामै यति सक्रिय भएर क्षति भयो । आगामी दिनमा अझै क्षति हुन्छ सक्छ । त्यसैले अबका दिनमा अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने हुन्छ,’ वरिष्ठ मौसम विद पौडेलले भन्नुभयो ।
पहिडी र नदिको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले अझ बढी सजक र सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । ‘पहाडी भूभाग र नदीको तटीय क्षेत्रमा बसोबार गर्ने मानिसले आफू बसेको स्थान सुरक्षित छ कि छैन, त्यो समयमै पहिचान गर्नुपर्छ । यदि सुरक्षित छैन भने जुन, जुलाइ, अगस्ट र सेप्टेम्ब अर्थात् असार, साउन, भदौ र असोजसम्म सुरक्षित ठाउँमा बस्नुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘सकिन्छ, भने सुरक्षित ठाउँमा चार महिनाको लागि विस्थापित हुनुपर्छ भने त्यस्तो ठाउँमा विस्थापित हुनुपर्यो । जुन सुकै बेला पनि भारी वर्षा हुन सक्ने सम्भावना रहन्छ । त्यसैले सजक र सतर्क हुनु आवश्यक छ ।’
जुन १३ तारिकबाट मनसुन शुरु भइसकेको छ । यो एक हप्ता वा दुई हप्ताको लागि हैन यो चार महिनासम्म रहने उहाँले बताउनुभयो । खासमा जुन १३ तारिकबाट शुरु भएको मनसुन अक्टुबर २ तारिकसम्म सक्रिय अवस्थामै रहने उहाँको भनाइ छ ।
‘यो चार महिनाको अवधिमा कहिले भारी वर्षा, कहिले सुख्खा, कहिले खडेरि त कहिले अलिअलि वर्षा हुन्छ । अझ केहिले त दुई–तीन दिनसम्म झरी भइरहन्छ । यो चक्र यसरी नै चलिरहन्छ,’ उहाँले भन्नुभयो ।
यस वर्ष मनसुन सुरुवाती रुपमै सक्रिय रुपमा प्रवेश गरेको थियो । त्यसको कारणले गर्दा देशभर बदली भयो र धेरै स्थानमा वर्षा भयो । जसका कारण बाढी पहिरोले धेरै धन जनको क्षति भयो । विगतमा यस्तो नभएको भने होइन तर यस वर्ष सुरुवाती चरणमै धेरै धन जनको क्षति भएको उहाँले भन्नुभयो ।
‘यति वर्षा हुन्छ । यो धेरै ठूलो वर्षा होइन् । योभन्दा धेरै–धेरै ठूलो वर्षा पनि हुन्छ,’ उहाँको भनाइ छ, ‘हाम्रो भू–बनोटका कारणले गर्दा पनि बाढी पहिरो जाने समस्या भइरहन्छ । साथै विगतमा ठूला–ठूला भूकम्पहरु गए । पछिल्लो समय विकासको गतिविधिहरु भइरहेको थियो । डोजर चलिरहेका छन् । यो सबै संरचनाका कारणले गर्दा खेरी पनि धेरै क्षति हुन पुगेको हो ।’
यस विषयमा अब सावधानी र सजक हुनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार बंगालको खाडीमा न्यू चापीय प्रणालि विकास भएको र नेपाल प्रवेश गरेको हो । यो समग्र मनसुन कै कारण हुने हो । यसमा अरु कारण भन्ने हुँदैन । यो समसुनी वर्षा हो ।
त्यस्तै यो हप्ता विस्तारै वर्षा केही कम हुँदै गएको छ, तुलनात्मक हिसाबले हिजो अस्तिभन्दा । तर, पूरै घाम लाग्ने, अब मनसुन सकियो भन्ने चाहिँ हुँदैन । यो असोज पहिलो सातासम्म चलिरहन्छ । यो केही दिनको लागि कम भएको हो । यद्यपी यसको प्रभाव पश्चिम तिर अझै बाँकी छ । भोलि पर्सि तिर अझै वर्षा हुने देखिएको छ । काठमाडौंमा बेलुका वर्षा हुन्छ । तर, धेरै ठूलो वर्षा हुने सम्भावना तत्काललाई छैन ।
उहाँका अनुसार अझै बढी पानी पर्ने महिना भनेको जुलाइ अर्थात् साउन महिना हो । साउनमा अझ बढी वर्षा हुन्छ ।
‘यो वर्ष औसतभन्दा बढी वर्षा हुन्छ भनेर हामीले पूर्वानुमान गरेका छौं । मनसुनमा यति पानी पर्छ भनेर हाम्रो हिसाब हुन्छ । त्योभन्दा बढी वर्षा हुन्छ भनेर हामीले पूर्वानुमान गरेका हौं,’ वरिष्ठ मौसम विद वरुण पौडेलले भन्नुभयो, ‘यो हामीले मात्र अनुमान गरेको हैन । दक्षिण एशियाली मौसम सम्बन्धी काम गर्ने संस्था र वैज्ञानिकहरुले गरेको अनुसन्धान हो । यो प्रतयेक वर्षा हुन्छ, आगामी मनसुन कस्तो हुन्छ भनेर । त्यसमा हामीले पनि भाग लिएका थियौं ।’
उहाँका अनुसार नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभाग, भारतबाट मौसम विभाग, श्रीलंकाको मौसम विभाग, बंगलादेशको मौसम विभाग, पाकिस्ताको मौसम विभागलगायतका देशले भाग लिएको थियो ।
दक्षिण एशियाली मनसुनले प्रभाव पार्ने सबै ठाउँमा अहिले मनसुन चलिरहेको छ । वैज्ञानिकहरुले यो मनसुन कतिको बढी कम के हुन्छ भनेर पूर्वानुमान गर्छ । त्यो पूर्वानुमानमा यसपालि नेपालमा अधिकभन्दा बढी वर्षा हुन्छ भनेर अनुमान गरेको थियो ।
त्यस्तै महाशाखाक मौसम विद् शान्ति कँडेलले वर्षाको सम्भावना रहेको बताउनुभएको छ । आज हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत उहाँले बताउनुभयो । विगतको दुई–तीनको जस्तो वर्षा चाहिँ हुँदैन । तर, हरेक दिन जस्तो वर्षा भने वर्षा हुन्छ ।
आज प्रदेश नम्बर १, बागमती प्रदेशमा दिउँसो र राति सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने सम्भावना छ ।
त्यस्तै शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने उहाँले बताउनुभयो । उहाँका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार प्रदेश १, गण्डकी प्रदेश, लम्बिनी प्रदेश र बागमती प्रदेशमा केहि स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?