logo
२०८१ बैशाख १३ बिहीवार

कोरोनाको कहरबीच मानो रोपेर मुरी फलाइँदै (फोटो फिचर)

अर्थ |
प्रदेश |
फोटो फिचर |


2021-06-18-39995


अविनाश चौधरी
धनगढी, असार ४ गते । कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा दुई महिनासम्म घरभित्र थन्किएका उनीहरू अब खेतीमा सक्रिय भएका छन् ।

कतिपय किसान कोरोना जितेर नै ‘मानो खाएर मुरी उब्जाउने’ कार्यमा लागेका छन् । जेठ दोस्रो सातासम्म कोरोनासङ्ग जुधेको उल्लेख गर्दै कैलारी गाउँपालिका–५ का कृषक प्रविण चौधरीले कोरोना परास्त गरेर अब खेतीपातीको काममा लागेको बताउनुभयो ।
कतिपय किसान भने खेतीपातीको बेला अझै पनि कोरोनासँग लडिरहेका छन् । कोरोनाको पहिलो लहरमा केही हद्सम्म सुरक्षित कैलालीको ग्रामीण क्षेत्र दोस्रो लहरमा भने सङ्क्रमणको ठूलो चपेटामा परेको थियो । अझै पनि गाउँ–गाउँमा सङ्क्रमण कायमै  छ ।