logo
२०८१ बैशाख १५ शनिवार

राप्ती लोकमार्ग अवरुद्धः दुई गाडीमा क्षति (फोटो फिचर)

प्रदेश |
फोटो फिचर |


2021-06-17-39927


प्रतिक शर्मा
सल्यान, असार ३ गते । अविरल वर्षापछि आएको पहिरोले दुई गाडीमा क्षति गरेको छ । राप्तीलोकमार्ग अन्तरगत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै आएको पहिराले दुई गाडीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ न. को टिप्परमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायव उपरिक्षक गोविन्द थापाले मंगलबार गएको पहिरो देखि करिब ५ सय मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पुर्‍याएको वताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा बाटोमा रोकि राखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको छ । निरन्तर पानी परि रहदा सडक खुलाउन समस्या भएको छ । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो झरी रहेकाले समस्या भएको छ ।