logo
२०८० चैत्र १५ बिहीवार

आम मनिसका घरबार बगेको छ, दृश्य देख्दा आसुँ थामिदैन

पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-16-39836
तस्बिर: सागर बस्नेत / गोरखापत्र


आशा साह
काठमाडौं, असार २ गते । राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने ३ नम्बर प्रदेशअन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची बजार यतिखेर बाढी वितण्ड मच्चाएको छ ।
हाम्रा फोटोपत्रकार सगर बस्नेत अहिले बाढी प्रभावित क्षेत्र मेलम्चीमा हुनुहुन्छ उहाँले त्यहाँ जे देख्नुभयो जस्ताको तस्तै:
बुधबार बिहान करिब १० बजे काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि मेलम्ची पुग्दा मेलम्ची बजार बाढीले बगाइरहेको थियो । यो दृश्य देख्दा मन थामिन नसक्ने अवस्था छ ।
अधिकांश घर ढुबानमा परेको छ । असार १ गते राति लार्के खोलाबाट शुरु भएको बाढीले मेलम्ची–हेलम्बु तिपेनी दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।
बाढीबाट नागरिका उद्धार गर्ने कार्य जारी छ । उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ । उहाँहरुलाई नगरपालिका, स्थानीय तह र स्थानीय नागरिकको सहयोगमा त्यहाँका विद्यालयहरुमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । बाढीले गर्दा मेलम्ची बजारमा धेरै क्षति भएको छ भने आम नागरिकको घर बगाउँदा उहाँहरुमाथि थप पीडा थपिएको छ ।
उहाँहरुको छेउमा पुग्दा उहाँका आँखा आशुले रसाएका छन् । उहाँहरुको आँखाबाट बगेको आशुमा कति पीडा छ त्यो प्रष्ट बुझ्न सकिन्छ । बाढीले घरवार बगायो । अब के खाने कहाँ बस्ने थप पीडा थपिएको छ ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका अधिकांश घर बाढीले बगाएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीलगायत स्थानीय उद्धारमा खट्नु भएको छ ।
यो विपदको उद्धारका लागि सबैले हातेमालो गरिरहनुभएको छ ।
सम्वाददाता बस्नेतले बाढीको कटानबाट सुरक्षित रहन घरको छतमा रहेका स्थानीय नागरिकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । अहिलेसम्म बाढीबाट सात जनाको मृत्यु भएको छ । साथै दुई जनाको शव फेला परेको छ ।
यस क्षेत्रमा पानी पर्ने क्रम रोकिएको छैन । बाढीबाट अझै क्षति हुने सक्ने देखिएको छ । अवस्था भयावह छ । यसरी नै पानी पर्ने क्रम जारी रहने हो भने यसले थप पीडा दिँदैन भन्न सकिँदैन ।

तस्बिर: सागर बस्नेत / गोरखापत्र