logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



कालीगण्डकीमा बाढी, जाेखिममा बेनी बजार

पढ्नै पर्ने |
प्रदेश |


कालीगण्डकीमा बाढी, जाेखिममा बेनी बजार


ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २ गते । कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । जेसिज भवनदेखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको हो । बुधबार रात देखि नदीमा पानीको सतह उच्च भएको छ । पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढेको हो ।


तटबन्धन भत्किएसँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ ।
बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले परिन थालेका छन् । त्यस्तै बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?