logo
२०८० चैत्र १६ शुक्रवार

सातको मृत्यु, दुई शव फेला, अर्बाैँको नोक्सानी

पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-16-39824


बिदुर आचार्य,
चौतारा, असार २ गते । लार्के खोलाबाट सुरु भएको बाढीले मेलम्ची नदी तटीय क्षेत्रमा अथाह क्षति भएको छ । बाढीले बगाउँदा सात जनाको मृत्यु भएको छ भने दुइको शव फेला परेको छ । बाढीबाट मेलम्ची बजारका अधिकांश घरमा क्षति पुगेको छ । मङ्गलबार साँझबाट सुरु भएको बाढीले मेलम्ची –हेलम्बु र मेलम्ची तिपेनी दुबै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीबाट माथिल्लो क्षेत्र जोडिने सबै झोलुङ्गे र पक्की पुलहरु बाढीले बगाएको छ । हेलम्बु र पाँचपोखरी गाउँपालिका सडक सञ्जालवाट अलग भएका छन् । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्र हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । बीसौँ किलोमिटर मेलम्ची–तिम्वु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन मङ्गलबारको बाढीले बगाएको छ । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारि दिनुभयो ।

बाढीको कटानवाट सुरक्षित रहन घरको छतमा रहेका स्थानीयहरुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार सुरु भएको छ । घाईतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा पठाइएको र आवश्यक उद्धार र पुनःस्थापना बारे छलफल सुरु भएको मेलम्ची क्षेत्रका सांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सुरक्षित मानिएको पर्यटकीय क्षेत्रमा आएको बाढीले अकल्पनीय क्षति भएको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिकाको तिम्वु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची वारका सयौँ घर बाढीले बगाएको छ ।
प्रहरीले भने क्षतिको यकिन तथ्यांक आइनसकेको बताएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ लार्केमा गएको पहिरो १ घण्टासम्म खोला थुनिएर फुटदा आएको बाढिले निकै ठूलो क्षति पुर्याइएको र क्षतिको अनुमान मात्र गर्न सकिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारि दिनुभयो ।
तीम्बु बजारमा रहेको तिम्बु प्रहरी चौकीसहित वजारका सबै घर बगाएको इलाका प्रहरी कार्यालय तिम्वुले जनाएको छ । यस्तै बाढीले मेलम्चीमा निर्माणाधीन अबस्थामा रहेको सिटी पार्क बगाएको छ भने आमाहेल्मो बसपार्कमा रहेका टहराहरु बगाएको छ ।