logo
२०८१ बैशाख १३ बिहीवार



बाढी पहिराे बढेसँगै विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक

पढ्नै पर्ने |


बाढी पहिराे बढेसँगै विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक


गाेरखापत्र अनलाइन

काठमाडौं, असार २ गते । मनसुन शुरु भएसँगै देशभर बाढी पहिरोले क्षति पुर्याउन थालेपछि विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।
मङ्गलबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलगायत देशभर बाढी पहिलोले क्षति पुर्याएको समाचार सार्वजनिक भएलगत्तै विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहरबारमा शुरु भएको समितिका सूचना अधिकारी मालती पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
सिंहदरबारमा केही समय अघिदेखि शुरु भएको बैठकमा सिन्धुपाल्चोकसहित बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था, क्षतिपूर्ति र अब अपनाउनुपर्ने कामका विषयमा छलफल भइरहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।
मङ्गलबार राति आएको बाढी पहिरोका कारण हेलम्बु क्षेत्रमा चार जना बेपत्ता भएका छन् भने केही मानिसको मृत्यु भएको छ । साथै कालीगण्डकीले बेनी तटबन्ध बगाएको छ भने दाङ–सल्यान सडक खण्डको राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?