logo
२०८१ बैशाख १३ बिहीवार

हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
प्रदेश |


2021-06-16-39814
गएराती हेलम्बु र मेलम्चीखोलामा बाढी आएपछि क्षति भएका संरचनाहरु 


चित्र मिजार
सिन्धुपाल्चोक, असार २ गते । गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिले सम्म चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले तीन पुरुष र एक महिला बेपत्ता भएको जानकारी दिनु भयो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनु भयो ।
बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले मेलमची खानेपानीको क्याम बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ । हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा र्फम बगाएको छ ।
हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची बजार डुबानमा परेका छन् । इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।
प्रहरी घटना स्थलमा पुगेको छ । जनधनको के कति क्षति भयो भन्ने बारे थप बिबरण केही समयपछि आउने एसपी अधिकारीले बताउनु भयो । नेपाली सेना, प्रहरी , शसस्त्र प्रहरी र उद्धारटोली घटना स्थलमा पुगेको छ ।