logo
२०८० चैत्र १५ बिहीवार



सोमालियामा आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


सोमालियामा आत्मघाती आक्रमणमा १५ सैनिकको मृत्यु
तस्विर-फाइल


मोगादिशु, असार १ गते। सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरी प्रवक्ता सदिक अलि अडेनले बिस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिनुभयो ।
शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ ।
यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग गरिरहेको छ ।
घटना लगत्तै सबै मृतक एवं घाइतेलाई मेडिना अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुको भनाईमा कम्तीमा १४ जनाको अवस्था निकै नाजूक छ ।
आफन्तहरु आक्रमणको शिकार भएको आशंकामा सयौं व्यक्ति अस्पताल परिसरमा भेला भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप