logo
२०८१ बैशाख ११ मंगलवार



एमाले एकता प्रयास जारी, भाेलि नै टुङ्गिने संभावना कम, केही दिन लाग्ने 

मुख्य समाचार |


एमाले एकता प्रयास जारी, भाेलि नै टुङ्गिने संभावना कम, केही दिन लाग्ने 


सपना थामी
काठमाडौं, असार १ गते । सत्तारुढ नेकपा एमालेभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता बीचमा औपचारिक तथा अनौपचारिक विभिन्न भेटवार्ता एवम् छलफल हुदै आएको छ । असार २ गते अर्थात भाेलिसम्ममा एकता टुङ्गिने भनिए पनि एकताका लागि अझै केही समय लाग्ने सक्ने संकेत नेताहरूले गर्नु भएकाे छ।

नेकपा एमालेका पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विवाद समाधानका सम्बन्धमा निरन्तररुपमा औपचारिक तथा अनौपचारिक छलफल र वार्ता जारी रहने बताउनुभएको छ । पार्टी एकताको सम्बन्धमा केही टुंगो लाग्ला भन्ने प्रश्नमा पार्टी प्रवक्ता ज्ञवालीले भन्नुभयाे, केही आउन सक्ला । उहाँले एमाले एकताका लागि दोस्रो तथा युवा पुस्ताका नेताहरुले जारी रहेको प्रयास सकारात्मक रहेको ज्ञवालीको भनाई छ ।

यस्तै एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पनि पार्टी एकता सम्बन्धिको छलफल सकारात्मकरुपमा अघि बढ्दै गएको बताउनुभएको छ । केही सञ्चारमाध्यमहरुमा असार २ गतेभित्र एमाले विवादको टुंगो लाग्ने भन्ने प्रसंगमा बोल्नुहुदै उहाँले असार २ गतेभित्रै भन्ने चाही होइन, पार्टी एकता नभएसम्म छलफल र वार्ता निरन्तर जारी रहने नेता नेम्वाङले पुनः दोहो¥याउनुभएको छ ।

पछिल्लो समय जेठ २३ गते पार्टी अध्यक्ष ओलीले पार्टी एकताको लागि ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि आव्हन गर्नुभएको थियो । जसमा नेता नेपाल पक्षले २०७५ जेठ २ गते पार्टी एकताको बटमलाइन रहेको बताउदै आएको थियो भने पार्टी अध्यक्ष ओलीको एकता आव्हान पत्रमा जेठ ३ गते पूर्वको अवस्थाबाट पार्टी अगाडि बढाउन सकिने जनाइएको छ ।

 हिजो जेठ ३१ गते मात्र नेता नेपाल निवास कोटेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु बीचमा झण्डै २ घण्टा बढी समय छलफल भएको थियो । 
नेता नेपाल पक्षमा देखिदै आउनुभएको नेता सुरेन्द्र पाण्डेले भने पार्टी एकताका छलफल लगायतका विषयमा अहिलेलाई केही बताउन चाहनुभएन । त्यसो त, नेता पाण्डेले पनि यसअघि पार्टी एकताबद्धमै जोड दिदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?