logo
२०८१ बैशाख ७ शुक्रवार

  नेपालमा कोरोना विरुद्धको खोप उत्पादन संभव छ ?  



फर्मुला र प्रविधि उपलब्ध भए सम्भव, बजार र लगानीमा चुनौती

पढ्नै पर्ने |
बिज्ञान |


फर्मुला र प्रविधि उपलब्ध भए  सम्भव,  बजार र लगानीमा चुनौती


महिमा देवकोटा
काठमाडौं, जेठ २८ गते । देशमा अहिले कोभिड १९ विरुद्धको खोप अत्याधिक माग भइरहेका बेला के नेपालले पनि खोप विकास गर्न सक्छ भन्ने प्रश्न उठिरहेको छ ।
विदेशबाट आवश्यक कच्च पदार्थ (मलिकुल) ल्याएर नेपालमा खोप उत्पादन गर्न दुईवटा कम्पनीसँग कुरा भईरहेको औषधि व्यबस्था विभागले जनाएको छ । तर यस क्षेत्रका उद्यमी भने ठूलो लागानी लाग्ने र विदेशी बजारमा प्रतिश्पर्धा गनुपर्ने अबस्थामा नेपालमा नेपाली कम्पनीले तत्कालै कोभिड १९ विरुद्धको खोप उत्पादन त्यति सहज नभएको बताएका छन् ।
नेपाली औषधि उत्पादकले भने खोपको फर्मुला र प्रविधि उपलब्ध भए आफूहरुले पनि खोप उत्पादन गर्न सक्ने बताएका छन् । नेपाल औषधि व्यबसायी संघका महासचिव बिप्लभ अधिकारीले नेपाल औषधि उत्पादनमा प्रारम्भिक चरणमै रहेको हुँदा आफैले यस्ता खोपको विकासका लागि काम शुरु नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, हाल नेपालमा खोप उत्पादन नै गर्ने भनेर कुनै अलग्गै उद्योग छैन त्यसैले खोप विकासका लागि फर्मुलेसन र मोडुल विकास गर्नु पर्छ त्यसका लागि अनुसन्धान, प्रविधि र लगानी चाहिन्छ हामीका त्यसको अभाव छ । त्यसले गर्दा नेपालमा अहिले नै खोपको विकास गर्ने कुरा निकै टाढाको विषय हो ।
यदि कसैले खोपको फर्मुलेशन र प्रविधि दिन्छ भने हामीले कोभिड विरुद्धको खोप उत्पादन गर्न सक्छौं भन्दै उहाँले भन्नुभयो, हालै मात्र रुसी स्पुतनिक खोपको उत्पादनका लागि एक नेपाली कम्पनीले अनुपत्रपत्र पाएको छ । साथै नेपाल रिम्डिसिभिर उत्पादन गर्नेतर्फ अघि बढ्दै छ नेपालका लागि यो राम्रो शुरुवात हो ।
खोप उत्पादनका लागि ठूलो लगानी आवश्यक पर्ने बताउँदै महासचिव अधिकारीले भन्नुभयो, यदि सरकारले अहिले अनुदानको व्यबस्था गर्छ भने हामीले निकट भविष्यमै खोप उत्पादन गर्न सक्छौं । यसका लागि दीर्घकालीन लक्ष्य र सोचको आवश्यकता पर्छ ।
यसका लागि सरकारले बंगलादेशको मोडललाई अुनसरण गर्नु पर्छ जहाँ स्थानीय स्तरमा उत्पादित औषधि र खोपलाई प्राथमिकता दिइएको छ । यसो गरिएमा नेपालका साना औषधि उत्पादकहरुले औषधिले बजार पाउँछन र उनीहरु टिक्न सक्छन् ।
त्यस्तै औषधि व्यबस्था विभागका प्रवक्ता सन्तोष केसीले धेरै ठूला बहुराष्ट्रिय कम्पनीहरु जस्तै सेरम इन्ष्टिच्युट अफ इण्डिया, चाइन नेश्नल फर्मासुटिकल ग्रुप कपोरेशन लिमिटेड र एस्ट्राजेनिका, जोन्सन एण्ड जोनसन जस्ता ठूलो लगानी गर्ने क्षमता भएका कम्पनीहरुले खोपको विकास गरेको बताउनुभयो ।
यस्तै अक्फोर्ड युनिभरसिटीले र अन्य अनुसन्धान कम्पनीहरुले विभिन्न खोज अनुसन्धान पूरा गरेर गहन अनुसन्धान पछि मात्र खोप बनाउन सफल भएको बताउनुभयो ।
उहाँले नेपालमा लगानी र जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नेपालसँग मानिसका लागि यस्ता खोप उत्पादन गरेको इतिहाँस छैन त्यसकारण अनुसन्धान, लागनी र जनशक्तिको अभावमा यो मुश्किल हुन्छ । उहाँले कुनै अनुसन्धान र लगानी बिना नै नेपालले कोभिड विरुद्धको खोपका लागि आवश्यक फमुलेसन र मलिकुलहरु तयार गर्न सम्भावना नदेखिने बताउनुभयो ।
यस बाहेक ठूलो बहुराष्ट्रिय कम्पनीहरुको विश्वव्यापी बजार रहेको र उनीहरुले अन्य मुलुकलाई पनि खोप उत्पादन अनुमति दिएर खोपको मागलाई परिपूर्ति गरिरहेका छन् । उहाँले नेपालका जस्ता साना औषधि उत्पादक कम्पनीहरुले खोप उत्पादन गरी अफूलाई जोगाइ राख्न विश्वका लाखौं डलर लगानी भएको बहुराष्ट्रिय कम्पनीहरुका बीचमा प्रतिश्पर्धा गर्नु पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले दुईवटा औषधि उत्पादक कम्पनीसँग यस विषयमा कुरा गरी रहेको र सरकारले उनीहरुलाई केही सहुलियत दिएर उनीहरुलाई सहयोग गर्नु पर्ने बताउनुभयो ।
नेपालमा पशुपंक्षीको खोप भने उत्पादन हुने गरेको र यस्ता खोपमा नेपाल करीब आत्मनिर्भर रहेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?