logo
२०८० चैत्र १५ बिहीवार

गण्डकीको एक मात्र आकाशे पुल अन्तिम चरणमा (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-11-39462


तारा चापागाई
कास्की, जेठ २८ गते । पोखरामा पहिलो पटक बन्दै गरेको एक मात्र आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको वडा नं ८ सिर्जनाचोकमा निर्माण हुदै गरेको पुल असार दोस्रो हप्तामा उद्घाटन गर्ने ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जानकरी दिनुभयो । साढे २ करोड ५४ लाख लागतमा आकाशे पुल बनाउन निर्माण गरिएको बरालले बताउनुभयो ।
आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन रकम र बाँकी रकम महानगरपालिकाले खर्च गरेको उहाँले बताउनु भयो ।
जेठको मसान्त सम्म सक्नु पर्ने पुल कोरोनाको कारण केहि सामाग्री तथा अक्सिजन सिलिन्डरको अभाव लगायतले समयमा समपन्न गर्न नसकेपनि अब रंगरोगको काम मात्र बाकी रहेको उहाँको भनाइ छ ।
गण्डकी प्रदेशको एक मात्र आकाशे पुलले पोखरामा बढ्दो ट्राफिक चापलाइ चोकमा हुने गरेको भीडभाड सगै विशेष गरि बटुवालाइ सहज हुने बरालले बताउनु भयो । आधुनिक डिजाइनको भएकोले आवश्यक परे पछि अन्यत्र पनि सार्न सकिने उहाँको भनाइ छ ।