logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/

‘होटलमा ढोका बन्द गरे, ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाएँ’

पढ्नै पर्ने |
फोटो फिचर |


2021-06-07-39149


ठाकुरप्रसाद आचार्य
बेनी (म्याग्दी) जेठ २४ गते । ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ ।’’
यि माथिका भनाईबेनी अस्पतालका एम्बुलेन्स चालकका हुन । कोरोना महामारीका समयमासंक्रमितलाई अस्पतालसम्म पु¥याउने मुख्य काममा खटिएका एम्बुलेन्स चालकहरु भोक तिर्खा नभनी सेवामा खटिन्छन् । बेनी अस्पतालमा दुईवटा एम्बुलेन्स छन् । अस्पतालले रिफर गरेका विरामीरुलाई पोखरा र काठमाडौंका अस्पतालसम्म पु¥याउने काम तिनैको हुन्छ । एम्बुलेन्स चालकहरु पनि कोभिड महामारी विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्नेहरु हुन ।
‘कोरोना महामारीका समयमा ३६ घण्टासम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरे । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाडौंसम्म पु¥याएको छु’’ बेनी अस्पतालको एम्बुलेन्स चालक गोपी गौतमले भन्नुभयो, ‘घरमा थालको भात छाडेर हिडियो बाटोमा खाना पाइएन पानीकै भरमा ३६ घण्टा भन्दा बढी एम्बुलेन्स चलाउनुप¥यो ।’ यस्तो त यो महामारीका बेला धेरै पटक भोगियो उहाँले अनुभव सुनाउनभयो । हाम्रो पनि धेरै दुःख छ नी कसले बुझिदिने उहाँले दुखेसो पुख्नुभयो ।
‘‘कयौं दिनसम्म पनि राम्रो सँग खाने र सुत्न पाइँएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । सारै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिँजाएर चिसो बनाई लगाइयो ।’’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाउनुभयो,‘यस्तो त यो बीचमा धेरै पटक भोगेँ ।’
कोरोना संक्रमित विरामीलाई कतिबेला अस्पताल पु¥याउने चिन्ता मात्र हुन्छ । चाँढो अस्पताल पु¥याउनु पाएँ बचाउन सकिन्छ की भन्ने आशा हुन्छ । खाने र सुत्नु त ठेगान नै हुँदैन मगरले सुनाउनुभयो ।
कोरोनाको जोखिम मोलेर भएपनि सेवामा खटिएका छन् एम्बुलेन्स चालकहरु । बेनी अस्पतालले पोखरा र काठमाडौंका अस्पतालमा रिफर गरेका विरामीहरुलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरुले गरे । अक्सिजन सहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि २४ सै घण्टा कुदेँ ।
पोखरा र काठमाडौं पु¥याएका विरामीहरलाई अस्पतालमा बेडको व्यवस्था समेत यी चालक आफैले गर्नुपर्दथ्यो । अस्पतालमा बेड नपाएर घण्टौं सम्म बेडको खोजीमा भौतारिनुपर्ने पीडा भएको उनीहरुले सुनाए । ‘‘एम्बुलेन्स भित्रै विरामी मर्नै आँटेको छ अस्पतालमा बेड पाँइदैन । आफन्तहरु रोइकराउन थालेका छन् । कसरी बचाउँने ? विरामी छाडेर हिड्नु पनि भएन नि । जसोतसो गरेर बेडको व्यवस्था गरे ।’’ एकदिनको घटना सुनाउँदै चालक शेरपुञ्जा मगरले भन्नुभयो ।
कोरोना महामारीको सुरु सुरुमा त बाटोमा हामीलाई देख्दा पनि मानिसहरु भाग्ने गर्दथे । अहिले भने सवैले बुझन थालेकाले केही सहज भएको उहाँले बताउनुभयो । तर अझै पनि सहज तरिकारले बाटोमा खाना खान पाइँदैन उहाँले भन्नुभयो ।
कहीले काही त चालक आफैले संक्रमित विरामीको हेरचाह र स्यारसुसार गर्दै लैजानुपर्ने हुन्छ । कोरोना सर्ला भनेर आफन्त समेत डराउँछन् यस्तो बेलामा आफैले सवै काम गर्दै एम्बुलेन्स चलाउनुपर्ने मगरले बताउनुभयो ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै राम्रो सँग खान र सुत्न नपाएको उनीहरुको भनाई छ । ‘‘दिनमा तीन पटकसम्म विरामी लगेर पोखरा गएँ । शरीर थाकेको छ भन्न पाइँदैन । गाडी त चलाउनुनै प¥यो । विरामीलाई छिटो अस्पतालसम्म पु¥यार बचाउन सके यसैमाखुसी र आनन्द मिल्छ चालक गौतमले भन्नुभयो, ‘विरामी बाँचेको खबर सुन्दा जीवनकै धेरै खुसी र आनन्द मिल्दोरहेछ ।’
कतिपय विरामीले पछि निको भएपछि पनि फोन गर्दछन् । कुनै कुनै ले त पछि नचिन्दा धेरै दुःख लाग्दो रहेछ उहाँले अनुभव सुनाउनुभयो । कोरोनाका विरामीहरु बोके बापत उनीहरुलाई थप सेवा सुविधा छैन । नियमित पारिश्रमिककै भरमा ज्यानको जोखिम मोलेर संक्रमित विरामीरुलाई अस्पताल सम्म पु¥याउने कार्यमा उनीहरु खटेका छन् । सुरु सुरुमा परिवार र छरछिमेकहरुले पनि अस्पताल तिर नै बसे हुन्छ नी भनेर भन्ने गरेको उनीहरु बताउँछन् । अहिले आएर बल्ल सवैजनाले कोरोनाका वारेमा बुझेकाले समस्या नभएको उनीहरुको भनाई छ ।