logo
२०८१ बैशाख ७ शुक्रवार

  दृश्य समाचार  



आफुखुसी अक्सिजन प्रयोग नगरौँ, ज्यान पनि जानसक्छ

पढ्नै पर्ने |


आफुखुसी अक्सिजन प्रयोग नगरौँ, ज्यान  पनि जानसक्छ


मुकुन्द गैरे,दृश्यमा मनोजरत्न शाही र केशब गुरुङ्ग 
काठमाडौं, जेठ २१ गते । अक्सिजनलाई शरीरको लागि चाहिने प्राणवायूको रुपमा लिने गरिन्छ । जुन अक्सिजन हामी हावा बाट लिने गछौँ । जुन शरीरमा अक्सिजनको कमी भयो भने कृत्तिम तरिकाबाट अक्सिजन आवश्यक हुन्छ । यसैगरी, कोरोना संक्रमितको लागि शरीरमा अक्सिजन कमी भई केहीलाई कृत्तिम अर्थात् सिलिण्डबाट अक्सिजन दिनुपर्ने अवस्था हालको छ ।


धेरैले कोरोना संक्रमण देखा परेका वा आगामी दिनमा कोरोना संक्रमण देखापर्ने सम्भावनालाई ध्यानमा राखेर अक्सिजन ग्याँस खरिद गरेर राखेको पाईन्छ ।
जनस्वास्थ्य विज्ञहरुले अक्सिजन प्रयोग गर्दा स्वास्थ्यकर्मीको सल्लाह र निगरानीमा दिनुपर्नेमा सुझाव दिएका छन् ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बम अक्सिजन शरीरमा कुन अवस्थामा कति दिन पर्ने हो जानकारी नभई आफुखुसी दिँदा शरीरलाई उल्टो असर गर्ने बताउनुहुन्छ ।
अक्सिजन शरीरको लागि नभएर नहँुने प्राणवायु भएकाले उक्त अक्सिजन रगतले शरीरका सबै अंगमा पु¥याउने काम गर्ने उहाँ बताउनुहुन्छ । कोरोना संक्रमित विरामीको लागि अक्सिजनको मात्रा ९२ भन्दा कम भएका अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मी सँग निगरानीमा हुनुपर्ने बताउनुहुन्छ ।
अक्सिजनको मात्र शरीरमा कमी भयो भने रिंगटा लाग्ने, मुख सुख्खा हुने, छटपटी हुने, टाउको दुख्ने, शरीर निलो हुनेलगायत लक्षणहरु देखा पर्ने छातीरोग विशेषज्ञ डा. बम बताउनुहुन्छ । त्यसैले कोरोना लागेको मानिस शरीरमा समस्या हुँदाहुँदै पनि घरमै त्यतिकै बस्दा स्वास्थ्यमा असर गर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप