logo
२०८१ बैशाख ८ शनिवार



काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू

पढ्नै पर्ने |


काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू


मुकुन्द गैरे
काठमाडौँ, जेठ १८ गते । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले आजबाट कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शुभारम्भ भएसँगै आजबाट उक्त नयाँ भवनमा कोरोना संक्रमितको विरामीको उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । आज अक्सिजन सेवा सुविधासहित ५० बेड सञ्चालनमा ल्याएको जानकारी दिँदै उहाँले विस्तारै बेडको संख्या बढाउँदै लैजाने जानकारी दिनुभयो ।

वीरको अर्को भवनका उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याएर उपचार गर्ने तयारी  छ । ट्रमामा कोरोना नलागेको अन्य विरामीको उपचार गर्ने व्यवस्था गर्न लागेको छ । उहाँले सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने समेत बताउनुभयो ।

सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ । उक्त भवन सञ्चालनमा ल्याउने तयारी यस अघि गरे पनि अक्सिजन ग्यास अभाव भएको कारण सञ्चालन गर्न सकिएको थिएन ।

यो भवन खासगरी विरामीको अप्रेशनको लागि मात्र बनाएको भएता पनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो । केही साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले  वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा निर्णय गर्नुभएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा बेड अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप