logo
२०८१ बैशाख १२ बुधवार

निषेधाज्ञाको मौका छोपेर चिल्लो बनाइँदै पृथ्वी राजमार्ग

पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-19-37801


अमरराज नहर्की
तनहुँ, जेठ ५ गते । कोरोना कहरसँगै पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य द्रुत रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डमा पर्ने ३६ किलोमिटरमध्ये ३१ किलो मिटर मर्मत काम भईरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । भौतिक दूरी, मास्क, सेनिटाइजरको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पालना गर्दै मर्मत कार्य जारी राखिएको छ ।
मर्मत गरिएको स्थानमा चिल्ला बन्दा सडक राम्रो देखिएको छ । जेठ महिनासम्ममा निर्माण कार्य पूरा गर्ने लक्ष्य लिई काम तीव्र भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो । तनहुँ यस आसपासको जिल्लामा निषेधाज्ञाका भएकोले गाडी कम गुड्दा मर्मत गर्न सहज भएको श्रेष्ठले बताउनुभयो । सडकमा अलकत्रा राखी त्यसमाथि गिटी हालेर रोलरले पेल्ने काम भइरहेको छ । ६० जना मजदुरहरु पृथ्वी राजमार्गको मर्मतमा जुटिरहेको कार्यालयले जनाएको छ ।
सडक मर्मतका लागि गिटी छर्कने रोलर, गिटी दबाउने रोलर, ट्याक्टर, टिप्पर जस्ता सवारी साधनहरु सडकमर्मतका लागि प्रयोग गरिएका छन । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले पाँच करोड विनियोजन गरेकोमा ३ करोड ९० लाख रुपियाँमा बाटो निर्माण सेवा कम्पनीले निर्माण कार्य गरी रहेको कार्यालयका सूचना अधिकारी नारायण पौड्यालले जानकारी दिनुभयो । दुई लेन रहेको पृथ्वी राजमार्गको मर्मतको काम भइरहेको हो । उक्त राजमार्ग मर्मत भएपछि खाल्टाखुल्टी टालिएकाले सवारी साधनको आवतजावतमा सहज भएको छ । पृथ्वीराजमार्गमा सवारी चाप धेरै भएको यातायता आवागमन सहज बनाउन आवधिक मर्मतको लागि मन्त्रालयले वजेट विनियोजन गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असार मसान्तसम्म मर्मत पूरा गर्ने लक्ष्य राखिएको भएपनि कोरोनाको कहरले गर्दा गरिएको बन्दाबन्दीले सडकको कामको लागि सहज भएकोले एक महिना अघि नै काम पूरा हुने अपेक्षा गरिएको छ ।