logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक
तस्विर-पोलिटिको


वासिङ्टन, जेठ ४ गते । अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः शुरू गर्नुभएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उहाँको विरोध गरेका थिए । राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताउनुभएको हो । गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा। जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उहाँहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।

बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उहाँहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गर्नुभएको छ । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?