logo
२०८१ बैशाख १३ बिहीवार

तस्बिरमा आज उद्घाटित सम्मेलन भवन

राष्ट्रिय |
फोटो फिचर |


2021-05-14-37491
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ३१ ग्ते । ललितपुरका गोदावरीमा निर्मित तीन हजारजना अट्न सक्ने सुविधासम्पन्न सम्मेलन भवन निर्माण पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सभा भवनको भर्चुयल माध्यमबाट उद्घाटन गर्नुभयो ।


२०७६ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौता भएको भोलिपल्टैबाटै काम सुरु भएको थियो । सो भवन अघिल्लो बर्षको चैत्रमा सम्पन्न हुने सम्झौता भए पनि साइटमा रहेको रुख काट्न दुई महिना लागेको र बर्षादको कारणले भनेको समयमा काम सम्पन्न हुन सकेन ।
पच्चीस रोपनी क्षेत्रफलमा ६० हजार वर्गफिटमा फैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम रहेकोे छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहने छ । केन्द्र निर्माणका लागि रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको थियो ।

तस्बिर सुजन गुरूङ्ग