logo
२०८१ बैशाख ७ शुक्रवार



कामपाले ३२ वटै वडामा ताेक्याे दाेस्राे चरणकाे खाेप केन्द्र, सम्पर्क व्यक्तिकाे नम्बर र स्थानसहित

स्वास्थ्य |
पढ्नै पर्ने |


कामपाले  ३२ वटै वडामा ताेक्याे दाेस्राे चरणकाे खाेप केन्द्र, सम्पर्क व्यक्तिकाे नम्बर र स्थानसहित


गाेरखापत्र अनलाइन 

काठमाडौं, वैशाख ३१ गते । दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान जेठ २ गतेदेखि ११ गतेसाँ सञ्चालन हुनेछ ।
शुक्रबार महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसिलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने तयारी गरेको हो ।
यसका लागि महानगरभित्रका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पार्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?