logo
२०८० चैत्र १५ बिहीवार

हुम्लामा पाँच वार्डको कोभिड अस्पताल सञ्चालन (फोटो फिचर)

प्रदेश |
फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-14-37471
तस्बिर: राजन रावत /गोरखापत्र


राजन रावत
सिमकोट, वैशाख ३१ गते । हिमाली जिल्ला हुम्लामा पहिलो पटक पाँच वार्डको कोभिड अस्पताल स्थापना भएर सञ्चालनमा आएको छ । कोभिडका जटिल केशका विरामी देखिन थालेपछि कोभिड वार्डमा उपचार सुरु भएको हो ।
यसअघि सामान्य कोरोना पुष्टि भएका बिरामीलाई रानी वनस्थित आईसोलेशन वार्डमा राखिएको भएपनि शुक्रबार बिहान एक जना स्वास प्रस्वासमा समस्या आएका बिरामी देखिएपछि उक्त वार्ड सञ्चालनमा आएको हो । कोभिड वार्ड एभडियुमा सञ्चालन गरिएको छ । जटिल केशका कोभिडका बिरामीलाई अक्सिजन कन्सर्नटेटर दिएर उपचार सुरु भएको अस्पतालका चिकीत्सक टासी आङ्जु लामाले बताउनुभयो । यो वार्ड सुरु भएपछि उपचारमा सहजता आउनेछ । एक पटकमा पाँच जना बिरामीको उपचार सहजै गर्न सकिने उहाँले बताउनुभयो । यसलाई चाँडै बीस वार्डको बनाउने पहल सुरु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनुभउो । । वार्ड हेर्नका लागि चिकीत्सक र स्वास्थ्यकर्मी पनि खटाईएको छ । अस्पतालमा भेन्टिलेटर भएपनि त्यसलाई सञ्चालन गर्ने प्राबिधिक नभएको कारण भेन्टिलेटरमा राख्नु पर्ने बिरामी आए जिल्लामा उपचार हुन नसक्ने भएको छ ।