logo
२०७८ श्रावण १५ शुक्रवार

दैनिक अध्यावधिक

image
2335

सङ्क्रमित

image
1373

निको भएका

image
16

मृत्यु भएका

मिति:श्रावण १४, २०७८ (१६:१५)
स्राेत:https://covid19.mohp.gov.np/



खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने

अर्थ |


खाडी मुलुकमा रहेका नेपालीले अक्सिजन सिलिन्डर नेपाल पठाउने
फाइल तस्बिर


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो ।
ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ ।
साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो छिटो नेपाल पठाउन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ ।
खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले स्वतःस्फूर्त आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल पठाउने तयारी गरिरहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?