logo
२०७८ श्रावण १५ शुक्रवार

दैनिक अध्यावधिक

image
2335

सङ्क्रमित

image
1373

निको भएका

image
16

मृत्यु भएका

मिति:श्रावण १४, २०७८ (१६:१५)
स्राेत:https://covid19.mohp.gov.np/



भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो

अन्तर्राष्ट्रिय |


भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो
तस्विर-एपी


नयाँ दिल्ली, बैशाख २९ गते। भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराउनुभएको छ ।
९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका उहाँले भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका स्वास्थ्यमन्त्रीसँगको छलफलका क्रममा बताउनुभएको हो ।
उहाँले उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाईमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।
उहाँले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाईमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गर्नुभयो ।
उहाँका अनुसार भारतभर विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५५ हजार ३३८ रहेको र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि सोही अनुपात अर्थात् तीन लाख ४८ हजार ४१२ रहेको र यो सङ्ख्या आगामी हप्तामा क्रमशः घट्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?