logo
२०८१ बैशाख १४ शुक्रवार

कोरोनामा पनि रोकिएन सुस्ता जोड्ने झोलुङ्गे पुलकाे काम (फोटो फिचर)

पढ्नै पर्ने |
प्रदेश |
फोटो फिचर |


2021-05-12-37314


गोपी ज्ञवाली
नवलपरासी, वैशाख २९ गते । काेरोना कालमा पनि चलिरहेको छ । नारायणी नदीपारि रहेको सुस्तालाई नेपालसँग जोड्ने नवलपरासीको नारायणी नदीमा बनाउन लागेको झोलुङ्गे पुल निर्माण कार्यले अहिले निरन्तरता पाएको छ । झाेलुङ्गे पुलको डिजाइनमा समस्या भए पछि निर्माणको दुई वर्षसम्म अलमलमा परेको पुल निर्माण कार्यले अहिले कोरोना कालमा पनि निरन्तरता पाएको निर्माण कम्पनी त्रिशुली आश्रय जेबी कन्सटक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताउनुभयो ।
प्रबन्ध निर्देशक तामाङका अनुसार नारायणी नदीको चौडाइ अत्यन्तै ठूलो भएको र पुलका पायाहरुको निर्माणमा समेत समस्या भएका कारण पुल निर्माणमा केही समस्या आएको भए पनि पछिल्लो छ महिनादेखि पुलको निर्माण कार्यले निरन्तरता पाएको छ ।
एक हजार ५५८ मिटर लम्बाइमा बन्ने यो झाेलुङगे पुलमा जम्मा १४ वटा पिल्लर निर्माण हुनेछन् । १४ वटा पिल्लरमध्ये अहिलेसम्म नौ वटा पिल्लरहरु निर्माण भई सकेका छन भने अन्तिम पिल्लरको पाया बनाउने काम चलिरहेको बताईएको छ । नारायणी नदीमा पानीको बहाव ठूलो भएको हुनाले पिल्लरका पायाहरु निर्माणको काम अत्यन्त जोखिमपूर्ण  छ । नारायणी नदिले घेरिएको सुस्ताको लाइफ लाइनको रुपमा रहेको झाेलुङ्गे पुल निर्माणको कामले पुनः तीव्रता र निरन्तरता पाएपछि सुस्तावासीमा खुसियाली छाएको सुस्ता गाउँपालिका वार्ड नम्बर पाँचका स्थानीयवासी कमल हरिजनले बताउनुभयो ।
त्रिशुली जेवी आस्रय कन्सटक्सन कम्पनीले ठेक्का लिएको ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७२ साल चैतदेखि निर्माण  शुरु गरेको भए पनि लामो समयसम्म पनि पुल निर्माणको कामले अहिले तीव्रता पाएको छ ।
सुस्ता ठाडीघाटदेखि केही मिटर दक्षिणबाट सुस्ताको ठुलटोललाई जोडने गरी बन्न लागेको यो झोलुङ्गे पुलको चौडइ करिब दुई मिटर मात्र  छ । अहिलेसम्म चाँदनी दोधाराको पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल मानिएको भए पनि सुस्तको यो पुल बनेपछि यो नै देशको सबैभन्दा लामो पुल हुने सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताउनुभएको छ । ्
नारायणी नदीमा पुल नहुँदा सुस्तावासी नदीमा जोखिमपूर्ण तरिकाबाट डुङ्गा तरेर वा भारतीय बाटो प्रयोग गरेर सुस्ता आउने जाने गर्नुपर्ने बाध्यता छ । सुस्तालाई नेपाली भूभागसँग जोड्ने गरी नवलपरासीको नारायणी नदीमा बन्न लागेको अत्यन्तै महत्वको झोलुङ्गे पुलको रुपमा छ । नेपाल सरकारको पुल विभाग अन्तर्गत सस्टेनेबल बृज डिभिजन आयोजनाको लगानीमा बन्न लागेको हो ।