logo
२०८० चैत्र ६ मंगलवार



शुक्रराज अस्पतालमा किट अभावले पिसिआर रोकियो

फिचर |
पढ्नै पर्ने |


शुक्रराज अस्पतालमा किट अभावले पिसिआर रोकियो


काठमाडौँ, वैशाख २८ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण गर्न थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?