logo
२०८० चैत्र ६ मंगलवार



बाँकेका अस्पतालमा थप १५ कोरोना सङ्क्रमितको मृत्यु

पढ्नै पर्ने |


बाँकेका अस्पतालमा थप १५ कोरोना सङ्क्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, वैशाख २८ गते । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरी थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मङ्गलबार दिउँसोसम्म भएको हो ।
उहाँका अनुसार मृत्यु हुनेहरुमा बासगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिक–१० बाँकेका ६८ वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका २१ वर्षीय पुरुष, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुष हुनुहुन्छ ।
त्यस्तै बारबर्दिया–६ बर्दियाका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षीय पुरुष, जानकी गाउँपालिका–४ बाँकेका ४५ वर्षीय महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ७८ वर्षीया महिलाको समेत कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैगरि कञ्चनपुर पुनर्वास ३ का ६१ वर्षीय पुरुष, बासगढी बर्दियाकी ४२ वर्षीया महिला र ठाकुरबाबा ३ बर्दियाका ४५ ववर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
सोही प्रकारले बासगढी नगरपालिका–५ बर्दियाका ६० वर्षीय पुरष र कोहलपुर नगरपालिका–८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल–१ बर्दियाका ८५ वर्षीय पुरुषको समेत कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैगरि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका–२ बाँकेका ८८ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १४८ जना र बाँकेकै १९७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?